Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

शंकर पोखरेलले नेपाललाई भारत र चीनविरुद्ध प्रयोग गर्ने षडयन्त्र

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भारत र चीनविरुद्ध प्रयोग गर्ने षडयन्त्र भइरहेको बताएका छन्।
पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउन कठपुतली सरकार बनाउने काम भएको बताए।
उनले आगामी निर्वाचनलाई जनमत संग्रहजस्तो भएको र विदेशी योजनाअनुसार कठपुतली सरकार ल्याउने प्रयास भइरहेको दावी गरे।
१६ माघ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारत र चीनविरुद्ध प्रयोग गर्ने अखडाका रूपमा नेपालको भूमि प्रयोग गर्ने षडयन्त्र भइरहेको बताएका छन् ।

नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रियास्थल बनाउन कठपुतली सरकार बनाउने काम भएको उनको भनाइ छ ।

प्रेस चौतारी नेपालले शुक्रबार गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भने, ‘नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउन कठपुतली सरकार बनाउने काम भएको छ । भविष्यलाई समेत त्यसलाई निरन्तरता दिन एकहिसावले भन्दा जिलेन्सी जन्माउने योजनाका साथ चुनावी अभियान अगाडि बढाउने प्रयत्न भइरहेको छ ।’

नेपाललाई दुवै छिमेकी मुलुक भारत र चीनविरुद्ध प्रयोग गर्ने शक्ति राष्ट्रहरूको प्रयास नेकपा एमालेले सफल हुन नदिने उनले जिकिर गरे ।

‘नेकपा एमाले त्यस्ता षड्यन्त्रलाई सफल हुन नदिन तथा मुलुकको स्वाभीमान, स्वाधीनता र राष्ट्रियहितलाई अझ मजबुत बनाउन नेकपा एमाले योजनाका साथ क्रियाशील छ,’ उनले भने, ‘हाम्रा दुवै छिमेकी मुलुक भारत र चीनका विरुद्धमा शक्ति राष्ट्रहरूको चलखेल गर्ने अखडाका रूपमा नेपालको भूमि प्रयोग गर्न नदिने, नेपाल राष्ट्रलाई कमजोर हुन नदिने योजनाका साथ अगाडि बढिरहेका छौं ।’

उनले आउँदो निर्वाचन अघिपछिजस्तो नभई विशिष्ट अवस्थाको भएको बताए ।

‘भदौ २३, २४ को घटनाको कारणले दुई वर्षअगाडि निर्वाचन हुन गइरहेको छ । यो निर्वाचन मुलुकलाई कुन दिशातर्फ अगाडि बढाउने भन्ने कुराको जनमत संग्रहजस्तो भएको छ,’ उनले भने, ‘जनजीको नाममा परिचित नवयुवाहरूको भावनामाथि खेलेर तथा उनीहरूको आन्दोलनलाई अपहरण गरेर मुलुकलाई गम्भीर भूराजनीतिक चक्रब्युहमा पार्ने षड्यन्त्रअन्तर्गत यो सबै घटना गराइएको थियो भन्ने मान्यता एमाले राख्दछ ।’

उनले मुलुक प्रतिगमनतर्फ गएको, संविधान घायल भएको छ र लोकतन्त्र कमजोर बनाइएको जिकिर गरे । निर्वाचनपछि पनि विदेशी योजनाअनुसारकै कठपुतली सरकार ल्याउने प्रयास भइरहेको पोखरेलको दावी छ ।  अनलाइनखबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP