विजयनगर, २६ चैत्र ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-५ कटुवा स्थित मदरसा दारूत तौहिदले विद्यार्थीहरूको शैक्षिक र धार्मिक मनोबल बढाउने उद्देश्यले पुरस्कार स्वरुप साइकल, कपी र पेन्सिल वितरण गरिएको छ । बिहिबार मदरसाकाे वार्षिक परीक्षाफलकाे नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रमकाे अवसरमा उक्त सामग्री विद्यार्थीहरुलाई उपलब्ध गराइएकाे मदरसाका प्रधानाध्यापक (माैलाना) इश्हाक धुनियाले जानकारी दिए ।
मदरसाले कार्यक्रम अन्तर्गत कक्षा १ का विद्यार्थी होलफस्ट गर्ने इफरा उरूज खानलाई प्रोत्साहन स्वरूप साइकल पुरस्कार प्रदान गरिएको छ । मदरसा व्यवस्थापन समितिका अध्यक्ष अकरम धुनियाले कार्यक्रमको अवसरमा सबै विद्यार्थीहरूलाई कपी र पेन्सिल वितरण पनि गरेका छन् । कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरूलाई प्रदान गरिएको यस सामाग्रीले उनीहरूको अध्ययन र लेखन क्षमतामा सहयोग पुर्याउने विश्वास लिएकाे छ ।
अध्यक्ष अकरम धुनियाले भने, “विद्यार्थीहरूलाई प्रोत्साहन दिनु हाम्रो प्राथमिकता हो । पुरस्कार र शैक्षिक सामग्री वितरणले उनीहरूलाई अध्ययनमा उत्साहित बनाउनेछ र भविष्यमा अझ राम्रो शिक्षा हासिल गर्न प्रेरणा दिनेछ ।”
यस कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक गतिविधिमा सक्रिय सहभागिता बढाउने मात्र नभई धार्मिक संस्कार र अनुशासनमा पनि योगदानमा टेवा पुग्ने शिक्षा शाखाका कर्मचारी दिपेन्द्र कपुर काेरीकाे भनाई छ ।
मदरसाले भविष्यमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्दै जाने र विद्यार्थीहरूको समग्र विकासमा ध्यान दिने योजना बनाएको जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया