Trending
flash करेसाबारीदेखि कुपोषण न्यूनीकरणसम्म : विजयनगरमा खाद्य सुरक्षा सचेतना अभियान flash किशोरी स्वास्थ्य जाँच, ३५ प्रतिशत भन्दा बढीमा रक्तअल्पता flash कपिलवस्तुकाे विभिन्न स्थानबाट २ लाख २८ हजार बढी अवैध सामान तथा मोटरसाइकल नियन्त्रणमा flash आयुर्वेद स्वास्थ्य सेवा प्रभावकारी, स्थानीय सेवाग्राही उत्साहित flash विजयनगर-२ मा ३५ दिने बारिष्टा तालिम सुरु flash अवैध सामान नियन्त्रण गर्दै सशस्त्र प्रहरी, वैशाखमै १० लाख बराबरको राजस्व सङ्कलन flash कपिलवस्तुमा जबरजस्तीकरणी मुद्दामा मिलापत्र गराउने पुर्व वडा अध्यक्ष सहित ४ जना पक्राउ flash नेपाली काँग्रेस विजयनगरमा जरा अभियान, क्रियाशील सदस्यता अध्यावधिमा जाेड flash कपिलवस्तुमा फरार प्रतिवादी पक्राउ राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड

कपिलवस्तुमा जबरजस्तीकरणी मुद्दामा मिलापत्र गराउने पुर्व वडा अध्यक्ष सहित ४ जना पक्राउ

कृष्णनगर, २८ बैशाख ।

जबरजस्ती करणी मुद्दामा मिलापत्र गराउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पीडितलाई अनुचित प्रभावमा पारेर फौजदारी कसूरमा मिलापत्र गराउन खोजिएको भन्दै उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका-५ बस्ने २६ वर्षीय इलियास पठानले २०८३ वैशाख २१ गते आफ्नै घरको कोठाभित्र एक युवतीमाथि जबरजस्ती करणी गरेको आरोप लागेको थियो ।  घटनापछि पीडितकी आमाले बैशाख २३ गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएपछि जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको थियो ।

अनुसन्धानकै क्रममा वैशाख २७ गते यशोधरा गाउँपालिका-५ निवासी ५५ वर्षीय नइम भनिने लईस पठान पीडितकी आमालाई साथमा लिएर मिलापत्र कागज तथा मुद्दा फिर्ता गरिपाऊँ भन्ने निवेदनसहित प्रहरी कार्यालय पुगेका थिए । प्रारम्भिक सोधपुछका क्रममा जग्गा सम्बन्धी विवादको झुठो कारण देखाएर मिलापत्र गराउने प्रयास गरिएको खुलेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।

यस क्रममा प्रतिवादीका बुवा मोहम्मद सफिक पठानको समेत संलग्नता देखिएको प्रहरीले जनाएको छ । उनीबाट विभिन्न दरका नेपाली नोट गरी एक लाख तीन हजार पाँच सय ५० रुपैयाँ बरामद गरिएको छ ।

प्रहरीले पीडितकी आमा, पूर्व वडाध्यक्ष समेत रहेका लईस पठान, मोहम्मद सफिक पठान तथा मिलापत्र कागज लेख्ने लेखन्दास राम वृक्ष कोहारलाई पक्राउ गरी “जबरजस्ती करणीको मिलापत्र गर्न वा गराउन नहुने कसूर” अन्तर्गत अनुसन्धान अघि बढाएको जनाएको छ । पक्राउ परेकामध्ये राम वृक्ष कोहारविरुद्ध अदालतबाट पक्राउ अनुमति जारी भइसकेको र थप म्याद लिने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP