Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

१४औं राष्ट्रिय रग्बी सेभेन्स आजदेखि

ललितपुर: शनिबारबाट राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष प्रतियोगिता काठमाडौंमा सुरु हुँदैछ। पुरुष र महिला दुवैतर्फ सात÷सात गरी १४ टोलीले सहभागिता जनाउने प्रतियोगिताको तयारी पूरा भएको शुक्रबार एनएसजेएफमा आयोजित पत्रकार सम्मेलनका क्रममा आयोजक नेपाल रग्बी संघले जानकारी दिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाइनेछ।

आइतबारसम्म चल्ने प्रतियोगिताबाट आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि राष्ट्रिय टोली छनोट गरिने रग्बी संघले जनाएको छ।

प्रतियोगिताको पुरुषतर्फ एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको टोलीले सहभागिता जनाउने छन्।त्यस्तै महिलातर्फ एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशका टिमले सहभागीता जनाउने भएका छन्।

विजेता महिला र पुरुष टोलीले समान ५० हजार रुपैयाँसहित ट्रफी जित्नेछन् भने उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। यस्तै उत्कृष्ट एक–एक महिला र पुरुष खेलाडीलाई ५ हजार रुपैयाँसहित सम्मान गरिने जानकारी पत्रकार सम्मेलनमा दिइएको छ।

प्रतियोगितामा सहभागी टोलीलाई २–२ पोलमा विभाजन गरीएको संघले जनाएको छ। प्रतियोगिताको अनुमानित खर्च ३० लाख रुपैयाँ रहेको छ भने खेलाडीका लागि १ लाख २५ हजार बराबरको दुर्घटना बीमा गरिएको जनाइएको छ।

यही प्रतियोगितालाई आधार मानेर जापानमा हुने २०औं एसियाली खेलकुद प्रतियोगिता र ताईवानमा हुने एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीका लागि खेलाडी छनोट गरिने संघका महासचिव गोविन्द घिमीरेद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP