Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

रेडियो विजयनगर आठौँ वर्षमा, नागरिक सुसूचितमा महत्वपूर्ण भूमिका : अध्यक्ष थापा

विजयनगर, ३० चैत्र ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६ खडैचामा अवस्थित सामुदायिक रेडियो विजयनगर एफएम १००.७ मेगाहर्ज आजदेखि आठौँ वर्षमा प्रवेश गरेको छ । वि.सं. २०७५ सालमा स्थापना भएको उक्त रेडियो विजयनगर गाउँपालिका र विजयनगर समाजद्वारा सञ्चालन सञ्चालित छ ।

.दैनिक १८ घण्टा प्रसारण गर्दै आएको रेडियोले स्थानीय समाचार, कृषि, शिक्षा, स्वास्थ्य, महिला तथा युवा लक्षित कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै आम नागरिकलाई सुसूचित गर्दै आएको छ । साथै विभिन्न चेतनामूलक कार्यक्रममार्फत सूचना, विज्ञापन तथा मनोरञ्जन प्रदान गर्दै समाजमा सकारात्मक योगदान पुर्‍याउँदै आएको रेडियोले जनाएको छ ।

आठौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले केक काटेर मनाइएको छ । सो अवसरमा बोल्दै अध्यक्ष थापाले स्थानीय सञ्चार माध्यमको भूमिकालाई महत्वपूर्ण बताएका छन् । रेडियो विजयनगरले गाउँघरसम्म हरेक गतिविधिकाे वास्तविक आवाज बाहिर ल्याउने काम गरेको उनलेे बताए । यसको निरन्तरता र गुणस्तर अभिवृद्धिका लागि गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने अध्यक्ष थापाले प्रतिबद्धतासमेत जनाए ।

त्यसैगरी रेडियो प्रमुख राम प्रघट कोरीले रेडियोको स्थापना कालदेखि हालसम्मको यात्राबारे जानकारी गराउँदै सीमित स्रोत-साधनका बाबजुद पनि स्थानीय स्तरका समस्या, सम्भावना र गतिविधिहरूलाई प्राथमिकतामा राख्दै प्रसारण गर्दै आएका बताए ।  आगामी दिनमा अझ प्रभावकारी र जनमुखी कार्यक्रम सहित बढ्ने उनलेे बताए ।

कार्यक्रममा रेडियोलाई यहाँसम्म ल्याउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने शेयर सदस्य, विज्ञापनदाता, व्यापारी, श्रोता, समाजसेवी तथा सम्पूर्ण सहयोगीप्रति धन्यवाद तथा आभार व्यक्त गरिएको थियो । साथै सहभागीहरूले रेडियोको दिगो विकास र प्रभावकारी सञ्चालनका लागि सुझावसमेत दिएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP