Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

पूर्णअधिकार सुरक्षित नभएसम्म इरान होर्मुजबाट पछि नहट्ने

इरानका सर्वोच्च नेता खामेनीका सैन्य सल्लाहकार मोहसेन रेजाईलाई उदृत गर्दै इरानको अधिकार पूर्णसुरक्षित नभएसम्म स्ट्रेट अफ होर्मुजबाट पछि नहट्ने इरानी मिडियाले जनाएका छन्।

इरानी बन्दरगाहहरूमा सैनिक नाकाबन्दी गरेपछि अमेरिकालाई कडा चेतावनी दिदै यस्तो बताएको मिडियाले जनाएका छन्।

मिडियाका अनुसार, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)का पूर्व कमान्डर समेत रहेका सल्लाहकार, रेजाईले इरानको जलमार्गलाई आर्थिक र समुद्री गतिविधिमा प्रतिबन्धमा नियन्त्रण कायम राख्ने बताएका छन्।

आफ्नो अधिकार पूर्ण रूपमा सुरक्षित नभएसम्म इरानले स्ट्रेट अफ होर्मुज नछोड्ने उल्लेख गर्दै उनले विगतको वार्ताका विषयमा ध्यान केन्द्रित गर्दै सम्झौताहरू थप सावधानीपूर्वक मस्यौदा बनाउनु पर्ने बताए।

पछिल्लो समयमा होर्मुजको जलक्षेत्र इरान र अमेरिका बीच चलिरहेको द्वन्द्वको केन्द्रबिन्दु बनेको छ। संयुक्त राज्य अमेरिकाले इरानका बन्दरगाहहरूमा नाकाबंदी कार्यान्वयन गरिएको बुधवार घोषणा गर्दै, अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजलगायत प्रमुख क्षेत्रीय जलमार्गहरूमा अवरोध सिर्जना गरेको छ।

सेन्टकमका कमाण्डर एडमिरल ब्राड कुपरले विज्ञप्ति जारी गर्दै अपरेसन सुरु भएको ३६ घण्टा भित्रै अमेरिकी सेनाले इरानमा प्रवेश गर्ने बताए। थाहा खबर 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP