Trending
flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान flash कारागार तोडफोडपछि फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ flash दक्ष जनशक्ति उत्पादनमा कपिलवस्तु प्रतिष्ठानको दृढ संकल्पका साथ अभिमुखीकरण कार्यक्रम सम्पन्न flash विजयनगरका पाँच विद्यालय जंक फुडमुक्त घोषित flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash ३५ दिने बारिष्टा तालिम सम्पन्न, २० युवायुवती सीपयुक्त flash बजारमा ‘एक्सन’ मोड : विजयनगरमा म्याद नाघेका सामान नष्ट, दर्ता र कर पनि निगरानीमा

लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

दिपिका सुनार

कपिलवस्तु, १६ असार ।

लुम्बनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च रहेको बताएका छन् । मंगलबार बाणगंगा नगरपालिकालाई पुर्ण संस्थागत प्रसुति सेवायुक्त नगरपालिका दिगोपना, पोषणमैत्री स्वास्थ्य संस्था घोषणा तथा दिगोपना, र अस्वस्थकर (जङ्क फुड) मुक्त विद्यालय घोषणा कार्यक्रममा बोल्दै उनले प्रदेशको १२ जिल्ला मध्ये कपिलवस्तु र बाँकेमा मातृ मृत्मुदर बढि देखिएको बताउदै यसलाई शुन्यमा झार्न साझा चुनौतिको सामाना गर्नुपर्ने बताए ।

स्वास्थ मन्त्री घिमिरेले बाणगंगा नगरपालिकालाई बिकास, समृद्धि लगायत सबै क्षेत्रमा देशकै अग्रणी पालिका बनेको ब्यक्तिगत रुपमा हेन चाहेको धारणा राखे । उनले नगरपालिकाले शिक्षा, स्वास्थ्य, लगायत हरेक क्षेत्रको नेतृत्व गर्ने प्रयास गरिरहेको समेत उल्लेख गरे ।

लुम्बनी प्रदेशका सांसद बिष्णु पन्थीले अहिलेकाले बालबालिकाहरु घरको खाना भन्दा बाहिरको खाना बढि रुचाउने भएकाले उनीहरुको स्वास्थ्यमा नकारात्मक असर पुगेको बताउदै त्यसको नियन्त्रणको लागि अभिभावक, विद्यालय लाग्न आवश्यक रहेको बताए ।

जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले जिल्लाका दश पालिका मध्ये प्रत्येक पालिकाका ४ वा ५ विद्यालयले जङ्क फुड निषेध घोषणा गरेको बताए । उनले विद्यालयहरुमा अनुगमनको क्रममा विद्याथीले जङ्क फुड नल्याएको भेटिएकाले स्वास्थ्यकर खाना रहेको समेत उल्लेख गरे ।

बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्याललले संघ, प्रदेश र विभिन्न संघ सस्थासंग सहकार्य गर्दै अघि बढेको बताउदै नगरपालिकालाई पुर्ण संस्थागत प्रसुति, सेवायुक्त नगरपालिका, जङ्क फुड) मुक्त विद्यालय घोषणा गर्न सफल भएको बताए ।

कार्यक्रममा स्वागत मन्तब्यमा राख्दै बाणगंगा नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरीले नगरपालिकालाई पुर्ण संस्थागत प्रसुति सेवायुक्त नगरपालिका दिगोपना २०८० सालमा घोषणा गरेको बताउदै दिगोपना जारी रहेको बताए ।

प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले सामाजिक कार्यमा घोषणा गरेको बताउदै दिगोपनालाई अघि बढाएको बताए । उहाँले शिक्षकहरुले विद्यालयमा पत्रुखाना निषेध नगरेको भए घोषणा नहुने बताए । स्वास्थय शाखा प्रमख ठगराज पौडेलले स्वास्थ्यको प्रतिवेदन प्रस्तुत गर्दै पत्रु खाना निषेध गर्ने प्रदेशकै पहिलो पालिका बाणगंगा भएको बताए ।

कार्यक्रममा शिक्षा विकास इकाई कपिलवस्तुका अधिकृत माधव बन्जाडे, बाणगंगा मा.वि लौगाईका प्रअ कुलराज पौडेल, स्वास्थय कार्यलय कपिलवस्तुका प्रमुख गौरब ढकाल, नेपाल पत्रकार महासंघ कपिलवस्तुका प्रमुख डिलाराम भुसाल, सामाजिक बिकास समितिका संयोजक तथा वडा नं. ७ का वडा अध्यक्ष बिष्णु गिरी, लगायलले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा उत्कृष्ट कार्य सम्पादन गरेका नगर भित्रका स्वास्थ्य शाखाका कर्मचारी, ६० बर्ष अवकास भएका स्वमसेविका, संचारकर्मी लगायतलाई सम्मान गरिएको थियो । स्वास्थ्य शाखा अधिकृत भक्तिराम पाण्डेले संचालन गरेको कार्यक्रममा नगरपालिकाका ११ वटै वडाका वडा अध्यक्ष, विभिन्न शाखाका कर्मचारी, स्वंमसेविका, शिक्षक, संचारकर्मी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP