Trending
flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता

विजयनगर, ६ भदौ ।

कपिलवस्तुको विजयनगर गाउँपालिकामा नेकपा (एमाले) को विस्तारित बैठक तथा ‘मिसन पार्टी जागरण अभियान’ कार्यक्रम सम्पन्न भएको छ । एमालेले प्रत्येक वडामा मिसन पार्टी जागरण अभियानलाई तीव्रता दिने जनाएको  । गाउँ कमिटीले तय गरेकाे मिति अनुसार वडाहरुमा अभियानलाई चलाउनेछ ।

कार्यक्रममा एमाले पोलिट ब्युरो पूर्व सदस्य तथा पूर्व राष्ट्रियसभा उपाध्यक्ष बिमला घिमिरेले पार्टीलाई थप सुदृढ बनाउन संगठन विस्तारसँगै कार्यकर्ताबीच एकता र सक्रियता आवश्यक रहेको बताइन् । उनले पार्टीका नीति, विचार र कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउँदै जनताको विश्वास जित्ने गरी काम गर्न कार्यकर्तालाई आग्रह गरिन् ।

एमाले प्रदेश कमिटी सदस्य गोपाल बहादुर थापाले संगठनलाई बलियो बनाउन प्रत्येक कार्यकर्ता जनतासँग जोडिनुपर्ने बताए । उनले पार्टी सदस्यता विस्तार, संगठन सुदृढीकरण र जनताका समस्यालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा एमाले जिल्ला कमिटी सचिव चन्द्र बहादुर गहतराजले संगठन र पार्टी सदस्यताका विषयमा जानकारी गराएका थिए । उनले संगठन विस्तार तथा सदस्यता अभियानलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताए ।

कार्यक्रमलाई गाउँ कमिटी अध्यक्ष थर्कबहादुर खन्गाहा, उपाध्यक्ष दिनेशकुमार चौधरी र सचिव गोकर्ण प्रसाद सापकोटाले समेत सम्बोधन गरेका थिए । कार्यक्रममा एमालेका स्थानीय नेता, कार्यकर्ता तथा पार्टी सदस्यहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP