विजयनगर, १९ भदौ ।
नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय शिक्षक संगठन विजयनगर गाउँ कमिटीकी संस्थापक पूर्व अध्यक्ष तथा नेपाल तारा माध्यमिक विद्यालयका शिक्षक उत्तम बहादुर कोरीकी आमा राधा कोरीको निधनले परिवारसँगै एमाले विजयनगर गाउँ कमिटीले शोक तथा श्रद्धाञ्जली व्यक्त गरेको छ । वडा नम्बर १ गुगाैली निवासी स्वर्गीय कोरीको सम्झनामा एमाले विजयनगर गाउँ कमिटीले शोकसभा आयोजना गरी श्रद्धाञ्जली अर्पण गरेको छ ।
२०८३ भदौ ६ गते निधन भएकी कोरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले उहाँको निधनले परिवार, पार्टी र समाजमा अपूरणीय क्षति पुगेको बताए । थापाले भने, “राधा कोरीको निधनले परिवारले एक अभिभावक गुमाएको छ भने समाजले ममतामयी र सम्मानित व्यक्तित्व गुमाएको छ । उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।”
श्रद्धाञ्जली सभामा सहभागी एमाले नेता तथा कार्यकर्ताले स्वर्गीय कोरीको योगदान र पारिवारिक भूमिकाको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । सभामा गाउँ कमिटीका पदाधिकारी, जनवर्गीय संगठनका प्रतिनिधि तथा स्थानीय नेता-कार्यकर्ताको उपस्थिति रहेको थियो ।
एमाले विजयनगर गाउँ कमिटीले शोकको यस घडीमा परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया