अर्घाखाँची । अर्घाखाँचीमा ३ सय २२ जनाले कोरोना जितेर घर फर्किएका छन् । कुल कोरोना संक्रमित ३ सय २६ मध्ये ३ सय २२ जनाले कोरोना जितेर घर फर्किएका हुन् ।
जिल्लाभर तीन जनाको कोरोनाका कारण मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो । जिल्लामा १ सय ३८ जना क्वारेन्टिनमा बसेका छन् भने एक जना मात्र कोरोना संक्रमित छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]
प्रतिक्रिया