Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

मूर्ति बनाउन भ्याइनभ्याई

माधव बेल्वासे
कपिलवस्तु
दशैं नजिकिंदै गर्दा तराईका जिल्लाहरुमा मूर्तिहरु बनाउने चटारो पनि बढ्न थालेको छ । दशैमा राम्रो आम्दानी हुने भएपछि भारतीय कलाकारहरु नेपालमा आएर मुर्ती बनाइरहेका छन । कपिलवस्तु जिल्लाका विभिन्न ठाउमा अहिले मुर्तिलाई सिंगारपटार गर्न भ्याईनभ्याई छ । एक महिना अघि देखी मुर्ती बनाउन सुरु गरेका कालिगढहरु अहिले अन्तिम चरणमा पुगेकाले सजावट र रंगरोगनमा लागेका छन ।


कपिलवस्तु जिल्लाका १० स्थानिय तहमा करिव ५ सय वढी स्थानमा दंशैको अवशरमा दुगौ मुर्तीका झाकी निकालिदै आएको छ ।दुर्गा,भगवती,वाघ, भैसी, राक्षस,गणेश,लक्ष्मी लगाएतका मुर्तीहरु एक महिना अघि नै बुक भइसकेको व्यावसायिहरु वताउछन । नवदुर्गा भगवती, सरस्वती, लक्ष्मी, कुमार र गणेश तथा तिनीहरुका वहानहरु धमाधम निर्माण भइरहेका छन् ।


मुर्ती बनाउने मुर्तीकारहरु देवी देवताका मुर्ती बनाएर मनग्य आम्दानी गरिरहेका छन् ।जिल्लाको सदरमुकाम तौलिहवा, कृष्णनगर, बहादुरगंज, महाराजगंज, पकडी लगायतका बजारका चोक र गल्लिहरुमा विजयदशमी को लागि मुर्ती बनाई चिटिक्क पर्ने गर्दछन । अरु बेला देखा नपर्ने मुर्ती व्यवसायीहरुले दशैको एक सिजनमा मात्र लाखौ आम्दानी गर्ने गरेका छन् ।

एक सिनजमा १५ देखी ४० सेट सम्म मुर्ती बनाउने ब्यवसायीहरुले एक सेट मुर्तीलाई ३० हजार देखी १ लाख सम्ममा बिक्री गर्ने गरेका छन् । माटो, बाँस र परालबाट बनाईने मुर्तीहरुबाट ज्याला मजदुरी लगायत सम्पुर्ण खर्च काटेर ४० प्रतिशत नाफा हुने गरेको मुर्ती व्यवसायी अमित कुमारले बताए ।

मुर्ती बनाउन दुख कष्ट भएपनि आम्दानी राम्रो हुने भएपछि २ महिना नेपाल आएर मुर्ती बनाउने गरेको जनाए । प्रत्येक वर्ष आउने गरेका छौ माग अनुसारको पुर्याउन सकिएको छैन”कुमारले भने । चन्द्र्रौटा वाट मुर्ती खरिद गर्न गएका दिपेन्द्र मौर्यले छिमेकी मुलुक भारतवाट आएर परिश्रम गरी मुर्ती निमार्ण गरेकामा धन्यवाद दिए । आर्कषक डिजाइनका मुर्तीहरु बनाई जिविको पार्जन गरेकोमा प्रोत्साहन गर्नुपर्ने मौर्यले जनाए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP