Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नेप्से परिसूचक झण्डै ४३ अङ्कले घट्यो, १ अर्ब ८४ करोडभन्दा धेरैको कारोबार

काठमाण्डाै – नेप्से परिसूचक आज झण्डै ४३ अंकले घटेको छ ।

कारोबार हुने हप्ताको पहिलो दिन आज परिसुचक ४२ दशमलव ७८ अंकले घटेर १३ सय ९६ दशमलव २८ अंकमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

यस्तै आज क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि आज ८ दशमलव १८ अंकले घटेको छ । आज सबै समूहका उपसुचकहरु घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको २८३ दशमलव ८ र निर्जीवन बीमा समूहको २३१ दशमलव ६६ अंकले घटेको हो । प्रतिशतको आधारमा सबैभन्दाम धेरै होटल समूहको उपसूचक ४ दशमलव ४९ अंकले घटेको छ ।

आज दिनभर १ अर्ब ८४ करोड १२ लाख रुपैयाँभन्दा धेरैका ४६ लाख ६१ हजार कित्ता सेयर किनबेच भएका छन् । नेपाल रिईन्स्योरेन्स कम्पनी लिमिटेडको आज सबैभन्दा धेरै २२ करोड ६५ लाख रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ । त्यस्तै आज नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड ५६ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ ।

आज आरम्भ सेन्चुरी लघुवित्त वित्तिय संस्था लिमिटेडले झण्डै १० प्रतिशत कमाए पनि जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले झण्डै १० प्रतिशत गुमाएका छन्

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP