Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

प्रधानमन्त्री र विज्ञबीच छलफल : दुई हप्ता लकडाउन गर्नेदेखि कर्फ्यु लगाउनेसम्मकाे सुझाव

काठमाण्डाै – काठमाण्डाै उपत्यकासहित देशभरि नै कोरोना भाइरसको सङ्क्रमणदर बढ्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विज्ञ र सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले दुई हप्ता लकडाउन बढाउनेदेखि कर्फ्यु लगाउनुपर्नेसम्मका सुझाव दिएका छन् । जनस्वास्थ्य विज्ञ डाक्टर रवीन्द्र पाण्डेले समुदायस्तरमै एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण फैलिने दर बढेकाले १५ दिन कडा खालको लकडाउन गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिइएको बताउनुभयो ।

सुरुमा भारतलगायत तेस्रो देशबाट आउनेहरुमा सङ्क्रमण देखिने गरेकोमा पछिल्लो समय नेपालमै बस्ने एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण फैलिरहेकाले १५ दिन कडा लकडाउन गरी स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ अपनाउने गरी अगाडि बढ्नुपर्ने पाण्डेले बताउनुभयाे । 

केही विज्ञहरुले भने लकडाउन मात्रै महामारी नियन्त्रणको एकमात्रै उपाय नभएकोले सङ्क्रमण देखिएका निश्चित ठाउँहरु सिल गरी सीमा नाकामा कडाइ गर्नुपर्ने सुझाव दिएका छन् ।

अर्का जनस्वास्थ्यविज्ञ डाक्टर समीरमणि दीक्षितले लकडाउन गरेर कोरोना पूर्णरुपमा नियन्त्रणमा नआउने भएकाले बढी सङ्क्रमण फैलिएको क्षेत्रमा कडाइ गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिइएको बताउनुभयो । स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाए अवस्था भयावह हुने उल्लेख गर्दै उहाँले सबैका सल्लाह सुझावअनुसार प्रधानमन्त्रीले उचित निर्णय लिने विश्वास व्यक्त गर्नुभयो ।

नेताहरु शेरबहादुर देउवा, महन्थ ठाकुर, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष लगायत जनस्वास्थ्य विज्ञ सहभागी छलफलपछि प्रधानमन्त्री ओलीले सुझावहरु कार्यान्वयन प्रक्रियामा लैजाने बताउनुभयो ।

प्रधानमन्त्रिका प्रेस सल्लाहका सूर्य थापाका अनुसार स्वास्थ्य मन्त्रालय, सीसीएमसी र मन्त्रिपरिषदमा छलफल गरेर ठाेस कदम चाल्ने प्रधानमन्त्रीले  प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP