काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ३६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएकाे पिसिआर परीक्षणमा क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २१ हजार ७ सय ५० जना पुगेको छ। बिहीबार २३३ जना उपचारपछि निकाे भइ डिस्चार्ज भएका छन्। नेपालमा हालसम्म १५ हजार ३ सय ८९ जना उपचारपछि निको भएका छन्।
नेपालमा हालसम्म ६४ जना संक्रमितको मृत्यु भएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]
प्रतिक्रिया