Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

स्याङ्जा र नुवाकोटमा लकडाउन

काठमाण्डौ – स्याङ्जामा कोरोना सङक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयले लकडाउन बढाएको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले निकालेको सूचनामा साउन २९ गतेसम्म अत्यावश्यक बाहेकका वस्तु तथा सेवा प्रवाह नगर्न र नगराउन भनिएको छ । 

सार्वजनिक ठाउँमा मास्क नलगाउने, दूरी कायम नगर्ने, भेला, गोष्ठी, सेमिनार, भोजभतेरलगायतका काम गरेको भेटिए संक्रामक रोग ऐन २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही हुने उल्लेख छ । यसअघि साउन १३ गतेको बैठकले स्याङ्जामा १० दिन लकडाउन गर्ने निर्णय गरेको थियो । 

नुवाकोटमा आवागमनमा कडाइ र सार्वजनिक सेवा प्रवाह कटौती गरिएको छ । सङ्कट व्यवस्थापन केन्द्रको बैठकले गरेको निर्णयअनुसार आजदेखि जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायातका गाडी अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक लगाइएको छ । 

अत्यावश्यक सेवा, अनुमतिप्राप्त गाडीबाहेक अरु गाडी चल्न पाउने छैनन् । केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालकाअनुसार होटल, लज तथा रेष्टुरेन्ट, धार्मिकस्थलमा सामूहिक भेला, मेला, जात्रा, पर्व तथा समारोहमा रोक लगाइएको छ ।     

आजदेखि जिल्ला प्रशासन कार्यालयले प्रवाह गर्ने सेवा एक पालिकाका लागि हप्तामा दुई दिन मात्र उपलब्ध गराउने निर्णय भएको छ । नुवाकोट र स्याङ्जासहित कोरोना सङ्क्रमण बढेका १४ जिल्लामा निषेधाज्ञा जारी भएको छ । नुवाकोट, स्याङ्जा, पर्सा, बारा, बाँके, सर्लाही, सप्तरीमा जिल्लाभर तथा धनुषा, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ र दार्चुलामा सङ्क्रमण देखिएका ठाउँमा मात्र निषेधाज्ञा छ। 

धनुषाको जनकपुर उपमहानगर र  क्षिरेश्वरनाथ नगरपालिकाका केही क्षेत्र, मोरङको विराटनगर महानगर, महोत्तरी सदरमुकाम जलेश्वर आसपास, झापाका बिर्तामोड र अर्जुनधारा नगरपालिका, बझाङका थलारा गाउँपालिका-५ र केदारस्युँ गाउँपालिका-६ र ७ मा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाएका छन् ।

सुनसरीको धरान उपमहानगरपालिकाले पनि लकडाउन घोषणा गरेको छ । सरकारले देशभर लकडाउन नगर्ने, तर सङ्क्रमण बढी देखिएका ठाउँमा लकडाउन गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP