Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

कांग्रेसद्वारा गठित कोरोना अनुगमन समिति र चिकित्सक संघबिच छलफल

काठमाडौं । नेपाली कांग्रेसद्वारा गठित कोरोना अनुगमन समितिले महामारी नियन्त्रणमा काम गरिरहेका चिकित्सकहरुको अवस्थाबारे नेपाल चिकित्सक संघसँग छलफल गरेको छ  ।

पार्टीका सहमहामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा गठित कोरोना अनुगमन समितिले शुक्रबार संघको कार्यालयमा पदाधिकारीहरुसँग छलफल गरेको हो ।

स्वास्थ्यकर्मीले भोगिरहेका समस्या र समाधानका विकल्पमा छलफल केन्द्रित थियो । छलफलका सहभागीहरुले महामारीका समयमा पहिलो लाइनमा रहेर काम गर्नुपर्ने चिकित्सकहरुको मनोबल बढाइ सेवा-सुविधामा सरकारले ध्यान नदिएको आरोप लगाएका छन् ।

अनुगमन समिति संयोजक एवम् सहमहामन्त्री महतले महामारी नियन्त्रणमा पहिलो लाइनमा रही सेवा गरिरहेका चिकित्सकहरुको मनोबल उच्च राख्‍न सरकारले सेवा-सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा समिति सदस्यहरु एनपी साउद, डा. प्रभु बुढाथोकी, डा. लक्ष्मीराज पाठक, राजिवविक्रम शाह, नैनसिंह महर र नेपाल चिकित्सक संघका पदाधिकारीहरु सहभागी थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP