Trending
flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित

बारामा स्थानीय तहहरुले पीसीआर मेसिन खरिद गर्ने

वीरगञ्ज । बारामा स्थानीय तहले रकम उठाएर कोरोना संक्रमण परीक्षणका लागि पीसीआर मेसिन खरिद गर्ने भएका छन् ।

मेसिन खरिद तथा सञ्चालन व्यवस्थापनका लागि करिब २ करोड रुपैयाँ लाग्ने अनुमान गरी बैठकले उपमहानगरपालिकाले १४.५ प्रतिशत, नगरपालिकाले ७ प्रतिशत र गाउँपालिकाले ४ प्रतिशतका दरले रकम व्यहोर्ने सहमति पनि उनीहरले गरेका छन् । बारामा दुईवटा उपमहानगरपालिका, ५ वटा नगरपालिका र ९ वटा गाउँपालिका रहेका छन् ।

मंगलबार स्थानीय प्रशासन, जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुख र प्रमुख राजनीतिक दलको संयुक्त बैठकले जिल्लामा नै कोरोना संक्रमण परीक्षण गर्नेसहितका ७ निर्णय गरेको छ ।

प्रयोगशालामा परीक्षण गर्नका लागि जनशक्ति व्यवस्थापन जिल्ला स्वास्थ्य कार्यालयले गर्ने, स्वाब परीक्षणका लागि नारायणी अस्पताल वीरगञ्जसँग समझदारी गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सुरक्षा निकाय तथा सरकारी कर्मचारीक लागि २ हजार थान भीटीएम प्रदेश विपद व्यवस्थापन कोषबाट खरिद गर्ने, स्थानीय तहमा परीक्षण गर्न उपमहानगरपालिकाले४ हजार थान, नगरपालिकाले २ हजार र गाउँपालिकाले १ हजार थान भीटीएम खरिद गर्ने निर्णय पनि गरेको छ ।

सेल्फ पेड आइसोलेसन सेन्टरका लागि होटलहरुलाई अनुमति दिन प्रक्रिया शुरु गर्ने निर्णय पनि बैठकले गरेको छ ।

पथलैयामा प्रदेश स्तरीय आइसोलेसन

बैठकले पथलैयास्थित स्वास्थ्य तालिम केन्द्रको भवनमा प्रदेश स्तरीय आइसोलेसन निर्माण गर्ने निर्णय गरेको छ । पर्सा, बारा, रौतहट क्लस्टरका लागि आइसोलेसन पूर्वाधारका लागि प्रदेश सरकारले १ करोड ७० लाख दिने घोषणा यसअघि नै गरिसकेको छ ।

तालिम केन्द्रको भवनमा १ सय बेडको आइसोलेसन, चिकित्सक कक्ष, क्यान्टिन तथा सुरक्षाकर्मीका लागि आवास पूर्वाधार तयार गर्ने पनि निर्णय गरेको छ ।

त्यहाँ जीतपुर सिमरा २ मा सञ्चालन रहेको क्वारेन्टिन केन्द्रका मानिसलाई सारेर खाली भएको ठाउँमा ३ सय बेड क्षमताको आइसोलेसन सेन्टर बनाउने, ४ सय बेड आइसोलेसनका लागि आवश्यक स्वास्थ्यसम्बन्धी जनशक्तिको माग सामाजिक विकास मन्त्रालयसँग गर्ने, आइसोलेसन सेन्टर सञ्चालन र व्यवस्थापन लागि ४० लाख रुपैयाँ प्रदेश सरकारसँग माग गर्ने निर्णय बैठकले गरेको छ ।

बारामा पनि संक्रमित भेटिने क्रम शुरु भएपछि साउन १८ गतेदेखि निषेधाज्ञा जारी छ । सोमबारमात्रै १८ जना संक्रमित थपिएको बाराको कलैयास्थित गंगापुर आइसोलेसन केन्द्रमा ७२ जनालाई राखिएको छ ।

स्थान अभावका कारण २२ जना आइसोलेसन केन्द्र बाहिर छन् । पचारौता नगरपालिका, देवताल गाउँपालिका, कोल्हवी नगरपालिका, जीतपुर सिमरा तथा कलैया उपमहानगरपालिकामा एकैपटक ठूलो संख्यामा संक्रमित भेटिन थालेकाले सबै स्थानीय तहले आइसोलेसनको प्रबन्ध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP