काठमाडौं। नेपाल पत्रकार महासंघले पत्रकार बलराम बानियाँको रहस्यमय ढंगले भएको निधनबारे गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।
बुधबार महासंघले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपाल पत्रकार महासंघले पत्रकार बलराम बानियाँको दु:खद निधनले महासंघ स्तब्ध भएको जनाएको छ। महासंघ बानियाँको रहस्यमय ढंगले भएको निधन बारे गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसंग माग गर्दछ।’
महासंघका पूर्व केन्द्रीय सचिव समेत रहेका बानियाँको निधनले नेपाल पत्रकार महासंघ स्तब्ध भएको भन्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत व्यक्त गरेको छ।
नहुँ स्थायी घर भएका पत्रकार बानियाँका श्रीमती, एक छोरा र एक छोरी छन्। लामो समयदेखि कान्तिपुर दैनिकमा काम गरेका बानियाँले नागरिक दैनिकमा पनि काम गरेका थिए।

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया