Trending
flash कृष्णनगरमा छठकाे अवसरमा मंगलबार सुर्याेदयसँगै विशेष प्रसाद वितरण कार्यक्रम हुने अन्तर्राष्ट्रिय आक्रमणमा समूहका मुख्य नेतासहित ठूलो सङ्ख्यामा आतङ्ककारी मारिए स्वास्थ्य खोप शाखाले उपलब्ध गराएको विवरणअनुसार हैजा रोगविरुद्धको खोप राजनीति दुस्मनलाई साथी ठानियो भने क्रान्ति असफल समाज पहिलाको जस्तो टोपीको व्यापार यस वर्ष नभएको न्युरोडका व्यापारी समाज भुरुङ–तातोपानी कुण्डे ‘रिफ्रेस सेन्टर’को रूपमा विकास राजनीति सरकार र राजनीतिक दलहरूलाई खबरदारी गरिदिन आग्रह राजनीति क्षेत्रमा लगानी विस्तार गरी कोषलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक flash हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले रुपन्देहीमा संगठन विस्तार समाज तलबवृद्धिको माग गर्दै मणिपाल शिक्षण अस्पतालका नर्स असोज २४ गतेदेखि आन्दोलन

विजयनगरमा १ सय ५७ बालिकालाई साइकल वितरण

राम प्रघट कोरी – कपिलवस्तु।

कपिलवस्तुको विजयनगर गाउँपालिकामा सञ्चालित उडान कक्षाका १ सय ५७ बालिकालाई साइकल वितरण गरिएको छ । विजयनगर गाउँपालिका, सिद्धार्थ सामाजिक विकास केन्द्र र केयर नेपालको संयुक्त साझेदारीमा सञ्चालित उडान कक्षाका बालिकालाई साइकल वितरण गरिएको हो ।

उडान छोरी शिक्षाका बालिकाहरुलाई विद्यालयको वार्षिक परिक्षामा समावेश गराई उनीहरुको क्षमता अनुसार विद्यालयको विभिन्न कक्षामा भर्ना गरिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभएको छ । यस उडान छोरी शिक्षाले विद्यालय जान छोडेको र विद्यालय नगएका बालिकाहरुलाई नियमित विद्यालय अध्ययनमा महत्वपूर्ण सहयोग पुग्ने थापाले विश्वास व्यक्त गर्नुभयो ।

उडान बालिका कक्षा शिक्षाले अन्धकारमा बितिरहेको बालिकाहरुको उज्ज्वल भविष्यतर्फ प्रोत्साहनमा महत्वपूर्ण भुमिकाको निर्वाह गरेको उहाँले बताउनुभयो । “छोरी शिक्षित भए परिवारसहित पुरै समाज परिवर्तन हुन्छ अनि मात्र शिक्षित समुदायको कल्पना गर्न सकिन्छ” अध्यक्ष थापाले भन्नुभयो । उहाँले बालिकाहरुलाई निरन्तर विद्यालय पठाई शिक्षित परिवार बनाउन अभिभावकहरुसँग आग्रह समेत गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारीले उडान बालिका शिक्षा कार्यक्रमले बालिकाहरुको भविष्य निर्माणका लागि उल्लेखनीय कार्य गरेको बताउनुभयो । हरेक क्षेत्रमा महिलाहरु पछाडी परेकाले उच्च शिक्षामा ध्यान जरुरी रहेको बताउनुभयो । एक महिला शिक्षित भए परिवार नै शिक्षित हुँदै जाने उहाँले बताउनुभयो । महिला पुरुषको तुलनमा घरायसी कार्यमा बढी संलग्नता हुने भएकोले परिवारलाई शिक्षित बनाउन महिलाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

यस्तै सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक नारायण घिमिरेले बालिकाहरुलाई विद्यालय जान प्रोत्साहन गर्न साइकल वितरण गरिएको बताउनुभयो । उनीहरुलाई साइकलबाट विद्यालय आवतजावतमा सहज पनि हुने उहाँले बताउनुभयो । विचैमा विद्यालय जान छोडेका र विद्यालय नगएका बालिकाहरुलाई खोजी उडान सिकाई केन्द्रमा एक वर्षसम्म कक्षा सञ्चालन गरी पुनः विद्यालयमा भर्नाका लागि सो कक्षा सञ्चालन गरेको घिमिरे बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, ७ का वडाध्यक्षको दिनेश चौधरी लगायतको उपस्थिति रहेको भने कार्यक्रम फिल्ड अफिसर तापस कुमार मिश्रको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP