Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कपिलवस्तु नगरपालिकमा माछा र मासु पसलको अनुगमन ३ पसललाई ५०० जरिवाना ।।

शारदा के.सी.

कपिलवस्तु
कपिलवस्तु नगरपालिकाले मंगलवार बजारको दिन परेर पुन बजारका मासु पसलको अनुगमन गरेको छ । नगरपालिका भित्र रहेमा मासु पसलको सरसफाई,नापतौलमा आवस्यक पर्ने तराजु,मासुको गुणस्तरता,पस्ल दर्ता पसल व्यवस्थापन लगाएतका बिषयमा अनुगमन गरेको छ ।

कपिलवस्तु नगरपालिका पशु शाखा केशवराज प्रसाद हरिजनको अगुवाईमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि जनक राज जोशी, जिल्ला प्रहरीका प्रतिनिधि शिव बहादुर रायमाझी, उधोग वाणिज्यसंघ तौलिहवाका प्रतिनिधि ओम प्रकास यादव, पत्रकार महासंघका प्रतिनिधि शारदा के।सी। कपिलवस्तु नगरपालिका पशु प्रविधिक भोजराज पाण्डे, कपिलवस्तु नगरपालिकाका कर्मचारी विजय पोख्रेल लगाएतको टोलिले पुन अनुगमन गरेको हो ।

७ ओटा मासु पस्लको अनुगमन गर्दा ३ मासु पसल ५०० जरिवानामा परेका छन । १. प्रो. असरत अलिको सागिर मासु पसल, २.प्रो. मोहमद सलिमको मोहमद सलिम मासु पसल,३.कलाम कुरेसको कलाम मासु पसललाई आउदो शनिवार ५०० जरिवाना सहित कपिलवस्तु नगरपालिकामा बोलाईएको छ । कपिलवस्तु नगरपालिका पशु शाखा केशवराज प्रसाद हरिजनका अनुसार पसल हुदाहुदै बाहिर बेचेको,तराजुमा ५० ग्राम फरक भइका पसललाई जरिवाना तोकेको बताउनु भयो ।

प्रमुख हरिजनका अनुसार यो अनुगमन निरन्तर हुने र सबै कुरामा सुधार नभए कपिलवस्तु नगरपालिकाको बजार अनुगमन निर्देसिका अनुसार कारवाहि तथा मासु जफत संगै जरिवाना समेत बढाउने बताउनु भयो । गएको मंगलवारको अनुगमनका कारण मोहमद मासु पसलमा डिजिटल तराजु राखिएको छ भनि अन्य मासु पसलमा सरसफाई सगै ठेलामा राखी खुल्ला ठाँउमा बेचिएका मासुको व्यवस्था भएको छ । मासु पसल संगै १० ओटा माछा पसललाई भने आउने शनिवार माछा पसलको व्यवस्थापन कसरी गर्ने बिषयमा अन्तरक्रिया कार्यक्रम कपिलवस्तु नगरपालिका पशु शाखाले गर्ने भइको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP