Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

दृष्टिबिहिन न्यूनिकरण गर्न “उज्यालो अभियान”

माधव बेल्बासे
कपिलवस्तु चन्द्रौटा,२९ मंसिर
नेपाल नेत्र ज्योति संघ छन्द कालेबाबु नारायणी आँखा अस्पतालले दृष्टिबिहिन न्यूनिकरण गर्न उज्यालो अभियान संचालन गरेको छ । सानो लापरवार्हीले गर्दा मानिसहरुमा दृष्टिबिहिनको समस्या बढेकोले यसको न्युनिकरण गर्न अभियान संचालन गरेको अस्पतालका बरिष्ठ प्रशासकिय अधिकृत सम्शेर थापाले बताउनुभयो ।
कपिलवस्तुको चन्द्रौटामा आयोजना भएको आधारभुत आँखा स्वास्थ्य कार्यक्रममा पत्रकारहरुसँग सोमबार भएको छलफलमा थापाले कार्यक्रममलाई प्रभावकारी रुपमा संचालन गरिने जनाउनुभयो । लुम्बिनी प्रदेशमा दृष्टिबिहिनको सख्या व्यापक रहेकोले मानिसहरुलाई आँखा उपचार केन्द्र सम्म ल्याउन अभियान संचालन गरिएको बताउनुभयो।
अभियानको क्रममा विभिन्न विद्यालयका शिक्षक,विद्यार्थी जनप्रतिनिधि लगाएतहरु सँग दृष्टिबिहिन न्यूनिकरणको लागि छलफल तालिमहरु संचालन गरिएको थापाले बताउनुभयो । लम्बिनी प्रदेशमा प्रत्येक वर्ष १६ हजार भन्दा बढी नागरिकहरु दृष्टिबिहिन हुने गरेको तथ्याङ्क प्रस्तुत गर्दै नागरिकहरु अझै पनि उपचारको पहुँचमा नरहेको बताउनुभयो । कपिलवस्तु जिल्लामा ४ हजार २ सय नागरिकहरुले मोतियाबिन्दुको अप्रेसन गर्नुपर्ने अबस्थामा रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा आँखामा लाग्ने सामान्य रोग र उपचार, चोटपटक, आँखामा लगाउने औषधिको प्रयोग, स्वस्थ आँखाका लक्षणहरु, दृष्टि दोष लगायतका विविध विषयहरुमा आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक तथा ओ.पि.डि इञ्चार्ज ओपेन्द्र चन्दले जानकारी दिनुभएको थियो । स्वास्थ्य आँखा भएका नागरिकहरुले पनि वर्षमा एक पटक आँखा जाँच गर्नुपर्ने अस्पतालको प्रशासकिय अधिकृत जसराज विश्वकर्माले बताउनुभयो । आँखाको समस्यालाई सामान्य लिदाँ अन्धोपनको समस्या बढेकोले सर्तक रहन आग्रह गर्नुभयो । आँखा स्वास्थ्य कार्यक्रम राप्ती बहादुरगंज छन्द कालेबाबु नारायणि आखा अस्पतालका प्रशासनिक समितिका संयोजक शारदा चौधरीको सहभागितमा रहेको उक्त कार्यक्रममा २० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP