Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बुटवलमा इन्जिनियरिङ्ग प्रयोगशालाको स्थापना

बुटवल
प्रदेश नं. ५ को अस्थायी राजधानी बुटवलमा पहिलो पटक निजीस्तरबाट सर्वसुविधा सम्पन्न एवं सर्वसुलभ इन्जिनियरिङ्ग प्रयोगशालाको स्थापना भएको छ । बुटवल क्षेत्रका केही युवा इन्जिनियरहरु द्धारा जियो टेस्टिङ्ग एण्ड कन्स्ट्रक्सन प्रा.लि. (जिटिसि) नामक प्रयोगशाला बुटवलको वेसक्याम्पमा स्थापित भएर संचालनमा आएको छ । हालै उक्त प्रयोगशालाको प्रदेश नं. ५ का भौतिक पूर्वाधार विकास मन्त्रि माननिय बैजनाथ चौधरीले एक भब्य समारोहका विच शुभारम्भ गर्नु भयो । गुणस्तरिय निर्माणमा यस प्रयोगशालाले महत्वपूर्ण योगदान प्रदान गरोस भन्ने शुभेच्छा ब्यक्त गर्नुभयो । त्यसै गरि बुटवल उपमहानगरपालिका उपप्रमुख गोमादेवि आर्चायले पनि अति राम्रो काम शुरु भएकोमा शुभकामना ब्यक्त गर्नु भयो । नेपाल निर्माण ब्यवसायी महासंघका प्रदेश नं. ५ बाट प्रतिनिधित्व गर्ने केन्द्रियउपाध्यक्ष टोप बहादुर रायमाझीले गुणस्तरीय निर्माणको लागि अति आवश्यक चिज स्थापन भएकोमा खुसी ब्यक्त गर्नु भयो । नेपाल इन्जिनियर्स एसोसियसन ५ नं. प्रदेश का अध्यक्ष ईन्जिनियर कुसुमराज ज्ञवालीले प्रयोगशालाको सफलताको कामना गर्दै शुभकामना ब्यक्त गर्नु भयो । यस क्षेत्रका करिब ३५० जना इन्जिनियर र निर्माण ब्यवसायीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा सबै जनाले प्रयोगशालाको सफलताको कामना गरेका थिए ।

“गुणस्तरीय निर्माणको लागि एउटा प्रयास भन्ने नारा दिएर स्थापना गरिएको प्रयोगशालाका निर्देशक ईन्जिनियर महेश आर्चायले बताउनु भयो । देश प्रादेशिक संरचनामा गएको तथा विकास निर्माणका कामहरु तीव्र रुपमा बढेकोले मुख्यतया ५ नं. प्रदेशलाई लक्षित गरि यो प्रयोगशाला खोलिएको उहाँले बताउनु भयो । यस जियो टेस्टिङ्ग एण्ड कन्स्ट्रक्सनमा अन्य के के सुविधा छ त भन्ने प्रश्न गर्दा कम्पनिका डाईरेक्टर इन्जिनियर सुनिल लम्साल भन्नुहुन्छ हामी कहाँ ड्रिलिङ कार्य सहित माटोको सम्पूर्ण परिक्षण, छड÷डण्डी परिक्षण, ढुङ्गा गिट्टि बालुवा परिक्षण, इट्टा ब्लक र कंक्रिटको परिक्षण, कंक्रिट मिक्स डिजाईन, सडक निर्माणमा फिल्ड डेन्सीटी, असफाल्ट कंक्रिटको मार्सल स्टाविलिटि परिक्षण,तार जाली र टेन्डन परिक्षणको साथै सम्पूर्ण निर्माण सामाग्रीको परिक्षण अत्याधुनिक उपकरण बाट अनुभवी टेक्निसीयनद्धारा गरिन्छ ।

ईन्जिनियर लम्सालका अनुसार कम्पनिले नेपाल गुणस्तर तथा नापतौल विभागबाट क्यालिब्रेसन गरि सम्पूर्ण उपकरणको प्रमाणपत्र प्राप्त गरीसकेको छ । अर्का निर्देशक ईन्जिनियर असिम भट्टराईले ठूला पूल निर्माणको प्रिस्टेसीङ्ग कार्य पनि यस कम्पनिले गर्ने कुरा बताउनु भयो । यसका अलावा निर्माण उद्योगमा सहज होस भनि इन्जिनियरिङ्ग सर्भे, ल्याव परिक्षण र सेफ्टीका (सुरक्षा उपकरणका) सम्पूर्ण सामानहरुको पनि सप्लाईको सेवा उपलब्ध रहेको कुरा ईन्जिनियर भट्टराईले बताउनु भयो । त्यसै गरी ठूला परियोजनाको डि.पि.आर तयार गर्ने गरी दक्ष र विज्ञ डिजाइनर र आर्किटेक्ट समेतको टिम समेत स्थापना भएकोले अब ठूला परियोजनाहरु भवन, पूल, सडक, सिंचाइ,जलविद्युत आयोजना, खानेपानी तथा ढल निकास सम्बन्धि ठूलासाना परियोजनाहरुको डिजाईन÷ डिपिआरको लागी काठमाडौं धाईरहन नपर्ने कुरा ईन्जिनियर लम्सालले बताउनु भयो ।

आफ्नै क्षेत्रमा सम्पूर्ण सूविधा सहितको एउटा कम्पनी खुल्नु यस क्षेत्रको निर्माण ब्यवसाय र ईन्जिनियरिङ्ग पेशा दुवैको लागी राम्रो रहेको सडक डिभिजन बुटवलका प्रमुख मेघराज मरासिनीले बताउनु भयो । काठमाडौंलाई आधार बनाएर डिजाईन डि.पी.आर बनाईरहेका दक्ष अनुभवी ईन्जिनियरहरुले बुटवल सेरोफेरोको बढ्दो संरचनानिर्माण लाई ख्याल गरि बुटवल आउनु र यही केही गर्न खोज्नु पक्कै पनि राम्रो हा भनी प्रदेश नं. ५भौतिकपूर्वाधार विकास मन्त्रालयका ईन्जिनियर सूर्यदेव गुप्तले बताउनुभयो ।नेपाल इन्जिनियर्स एसोसियसन ५ नं. प्रदेश का सदस्य इन्जिनियर महेश्वर लम्सालले भन्नुहुन्छ देश तिव्र निर्माणको चरणमा रहेको र गुणस्तर कायम गर्न ठूलो चुनौति भईरहेको अवस्थामा यस प्रकारको प्रयोगशालाले निर्माण उद्योगमा ठूलो टेवा पुग्नेछ । हाल ठूला संरचनानिर्माण गर्दा आवश्यक पर्ने परिक्षणहरु गर्न काठमाडौं धाउनु पर्ने हुदा थप झन्झट र सास्ती भएकोमा अब आफ्नै शहर बुटवलमा सबै सुविधा प्राप्त हुदाँ आफूहरु खुशी भएको कुरा निर्माण ब्यवसायी मनोज खनालले बताउनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP