Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

उत्खनन नहुँदा सल्यानका एक दर्जनभन्दा बढी खानी अलपत्र

सल्यान : उत्खनन नहुँदा सल्यानमा दर्जनभन्दा बढी खानी अलपत्र परेका छन्। विभिन्न स्थानमा रहेका चुनढुंगा, फलाम‚ तामा, कोइला, सिसालगायतका खानी उत्खनन हुन सकेको छैन।

शारदा नगरपालिका-६ खामेलेकको चुनढुंगा, वडा नम्बर ७ मा रहेको तामा र फलाम खानी, कपुरकोट र सिद्ध कुमाखमा रहेको चुनढुंगा, कुमाख गाउँपालिकामा रहेको फलाम र कालीमाटी गाउँपालिकामा रहेको सिसा खानी उत्खनन भएको छैन।

खानी उत्खननका लागि सरकारले योजना बनाउने तर कार्यान्वयन नगर्दा बहुमूल्य वस्तुहरु प्रयोगविहीन भएको स्थानीय बताउँछन्। कतै सरकारी झन्झट त कतै स्थानीयको विरोधका कारण खानी उत्खननमा समस्या हुँदै आइरहेको छ।

कालीमाटी गाउँपालिकाको कोछट्टेमा रहेको सिसाखानीबाट स्थानीयले २० वर्षअघिसम्म सिसा निकाल्ने गर्दथे। सरकारले सिसा निकाल्न प्रतिबन्ध गरेपछि खानी रहेको क्षेत्र पुरिँदै गएको गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले बताए। संघीय सरकारले स्थानीय स्तरमा रहेका खानीहरुको उत्खनन गरेर प्रयोगमा ल्याउन सके बेरोजगारीमा कमी आउनुका साथै देशको आर्थिक समृद्धिमा पनि टेवा पुग्न उनको भनाइ छ।

कालीमाटीकै मर्चेबारी र घुरचौरमा कोइलाखानी रहेको छ। दुवै खानीबाट कम्तीमा ५० वर्षसम्म कोइला निकाल्न सकिने एक अध्ययनले देखाएको अध्यक्ष खत्री बताउँछन्।

कपुरकोट गाउँपालिकाको पाखापानीमा रहेको कोइला र चुनढुंगा उत्खननका लागि १६ वर्षअघि ठेकेदार दिनेश डाँगीले लाइसेन्स लिएका थिए। तर‚ बस्ती जोखिममा परेको भन्दै स्थानीयले अवरोध गरेपछि काम अघि बढ्न सकेको छैन। सामुदायिक वनहरुले पनि अनुमति नदिँदा उत्खननमा समस्या भएको कपुरकोट गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले बताए। खानीको सम्भाव्यता र वातावरणीय प्रभाव मूल्यांकन नहुँदा धेरै खानीहरु प्रयोगविहीन रहेको उनको भनाइ छ। यस्तै‚ झन्झटिलो सरकारी प्रक्रियाले पनि खानी उत्खनन हुन नसकेको अध्यक्ष सेनको बुझाइ छ।

यस्तै‚ कुमाख गाउँपालिकामा रहेको फलाम खानी उत्खनन गर्न २०७६ मा सुवास कास्यपती इन्डस्ट्रिज र कपुरकोटको चुनढुंगा उत्खननका लागि शिवस्वरुप खनिज उद्योगले २०६७ मा इजाजत लिएका छन्। सिद्ध कुमाखको चुनढुंगा उत्खनन गर्न शोभा भण्डारी कन्स्ट्रक्सनले लाइसेन्स लिएको छ। तर‚ कुनै पनि कम्पनीले काम अघि बढाएका छैनन्। कम्पनीले खानी आफ्नो नाममा राख्ने तर काम नगर्ने परिपाटीले पनि काम अघि बढ्न नसकेको स्थानीयको भनाइ छ।

खानी तथा भूगर्भ विभागको २०४० को अध्ययनअनुसार शारदा नगरपालिका–६ खामेलेकमा रहेको चुनढुंगा नेपालकै गुणस्तरीय चुनढुंगा अन्तर्गत पर्दछ। खानी उत्खननका लागि विश्वकर्मा सिमेन्टले लाइसेन्स पनि प्राप्त गरिसकेको छ। तर‚ उत्खनन भने गरेको छैन।

वातावणीय प्रभाव मूल्यांकन नहुँदा उत्खनन रोकिएको वडाध्यक्ष भिकराज बुढाथोकीले बताए। एक वर्षअघि विभागले इआइए गर्न प्राविधक टोली आए पनि स्थानीयले विरोध गरेपछि फर्किएको थियो। खानी उत्खनन गर्न सके स्थानीयस्तरमै धेरै युवाहरुलाई रोजगारी दिन सकिने वडाध्यक्ष बुढाथोकीको भनाई छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP