Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

प्रहरी दुनै झरेपछि उपल्लो डोल्पा सुरक्षाकर्मीविहीन

जाजरकोट : पाँच महिनाका लागि उपल्लो डोल्पा सुरक्षाविहीन हुने अवस्थामा पुगेको छ। चिसो बढेपछि उपल्लो डोल्पाका तीन वटा स्थानीय तहमा रहेका प्रहरी चौकी सदरमुकाम दुनैमा सारिएपछि उपल्लो डोल्पा सुरक्षाविहीन भएको हो।

सुरक्षा दिने प्रहरी नै हिमपातले असुरक्षित भएपछि दुनै झारिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। ‘प्रहरी चौकी बसेका घर रित्ता भएका छन्। प्रहरीहरु सदरमुकाम दुनै आइसकेका छन्,’ धोकी प्रेमा गुरुङले भनिन्।

शे-फोक्सुण्डो, डोल्पोबुद्ध र  छार्काताङसोङ गाउँपालिकामा रहेका प्रहरी चौकी सदरमुकाममा झारिएसँगै उपल्लो डोल्पा असुरक्षित बनेको छ। यी स्थानीय तहमा २१ वडा छन्। 

चोरीनिकासी तथा पैठारी हुने ठाउँमध्ये उपल्लो डोल्पा पनि पर्छ। बहुमूल्य जडीबुटी, जंगली जनावर तथा बुद्धका पुराना मूर्ति चोरी हुने क्रम रोकिएको छैन। जिल्ला प्रहरी कार्यालय प्रमुख नायव उपरीक्षक निरन्जन थापाका अनुसार छार्काताङसुङ गाउँपालिकाको कागकोट प्रहरी चौकी र शे-फोक्सुण्डो गाउँपालिकाको साल्दाङ प्रहरी चौकीको प्रहरी उपल्लो डोल्पामा रहेका छन्।

अहिले सदरमुकाम दुनैबाट नै उपल्लो डोल्पाको सुरक्षा दिने गरेको डिएसपी थापाले बताए। डोल्पो बुद्ध गाउँपालिकाको धो र टाक्सी, शे-फोक्सुण्डो गाउँपालिकाको निजालगुम्बा, भिजेर र रापको प्रहरी चौकीका प्रहरी जिल्लामा गाभिएका हुन्। 

डोल्पा सबैभन्दा ठूलो जिल्ला हो। स्थानीय तहको सहयोग पाएको भए प्रहरी चौकी उपल्लो डोल्पामै राख्ने सकिने डिएसपी थापाले बताए। ‘अहिले पनि सहयोग त पाइएको छ, अझै योभन्दा बढी सहयोगको अपेक्षा हामीले गरेका थियौँ,’ उनले भने।

उपल्लो डोल्पामा बस्नका लागि अहिलेको समयमा लत्ताकपडादेखि चश्मा, बुटहरु चाहिन्छ र ती प्रहरीसँग अहिले नभएको उनले बताए। अहिले उपल्लो डोल्पामा बाक्लो हिमपातका कारण एक ठाउँबाट अर्को ठाउँमा जान सक्ने अवस्था नरहेको उनले बताए। 

हिमपातले रोकियो कोभिड र नियमित खोप

उपल्लो डोल्पामा बाक्लो हिमपात भएसँगै नियमित सञ्चालन हुने खोपदेखि कोभिडविरुद्धको खोपसमेत रोकिएको छ। मंसिरदेखि चैतसम्म सबै खोप बन्द हुने स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख अमरसिंह शाहीले जानकारी दिए।  त्यस्तै भगवानको भरोसामा सुत्केरी हुने गरेको पाइएको छ। ३ पालिकामा बर्थिङ सेन्टर समेत नरहेको उनले बताए। सबै उपल्लो डोल्पाका महिलाहरु घरमै असुरक्षित तवरबाट सुत्केरी हुने गरेको जानकारी शाहीले दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP