हेटौंडा : सरकारले आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमा नै पुगेर कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ। खोप अभियानको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले हेटौंडाबाट उद्घाटन गर्ने भएका छन्। हेटौंडास्थित भुटनदेवी माध्यमिक विद्यालयमा आइतबार बिहान १० बजे स्वास्थ्यमन्त्री खतिवडाले खोप कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ।
मकवानपुरको १० वटा स्थानीय तहमा रहेको सबै निजी तथा सरकारी विद्यालयमा अध्ययनरत र विद्यालयभन्दा बाहिर रहेका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको स्वास्थ्य कार्यालय मकवानपुरको प्रमुख प्रणय उपाध्यायले बताए। विद्यालयबाहिर रहेका बालबालिकाले विद्यालयमा गएर अथवा स्वास्थ्य कार्यालयबाट खोप लगाउन सक्ने उनले बताए।
उपाध्ययका अनुसार मकवानपुरमा १२ देखि १७ वर्षसम्म खोप लगाउने लक्षित बालबालिकाको संख्या करिब ५५ हजार रहेका छन्। उनले बालबालिकाहरुका लागि ५५ हजारनै खोप आएको बताए। उनले खोप अभियान पुस ४, ५ र ६ गते चल्ने र बाँकी छुटफुट भएकाहरुले १४ गतेसम्म लगाउन सक्ने बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया