Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

हुम्लामा हावाहुरीको असर, हवाई उडान बन्द

काठमाण्डाै – हावाहुरीका कारण हुम्लाको सदरमुकाम सिमकोटको जनजीवन प्रभावित भएको छ । हिजो दिनभर हावाहुरी लाग्दा आवतजावतमा समेत निकै कठिनाइ भएको स्थानीय बासिन्दाले बताएका छन् । अस्ति शनिवारदेखि नै सुरु भएको हावाहुरीका कारण हिजो जिल्ला जोड्ने एक मात्रै हवाई सेवासमेत बन्द भएको थियो । हावाहुरीका कारण नेपालगञ्जबाट उडान हुन नसकेको हो ।

हवाई उडान नहुँदा दैनिक उपभोग्यदेखि खाद्यान्न ढुवानी हुन सकेन ।  यस्तै जिल्लाबाहिर जाने यात्रुहरु पनि सिमकोटमै रोकिएका छन् भने हुम्ला जाने यात्रुहरु नेपालगञ्जमै रोकिएका छन्। हावाहुरीले सदरमुकाम सिमकोट तल्लो बजारमा रहेको मानसरोवर बहुमुखी क्याम्पसको छानोसमेत उडाएको छ ।

आज भने हावाहुरी रोकिएकाले अवस्था सामान्य बन्दै गएको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो । उहाँकाअनुसार हिजो दिनभर नै जनजीवन प्रभावित भएको थियो । आज हावाहुरी नचले हवाई सेवा सञ्चालन गर्ने तयारी गरिएको छ ।

यसैबीच, मौसमविद्ले आज खासै हुरी चल्ने सम्भावना नरहेको बताएका छन् । उपल्लो वायु मण्डलमा बनेको निम्न चापीय क्षेत्रका कारण हिजो हुरी चलेको हुन सक्ने भए पनि खास कारण नभएको मौसमविद् मन्जु बासीले बताउनुभयो । उहाँकाअनुसार निम्न चापीय क्षेत्र नेपालबाट दक्षिणतिर सरिसकेकाले ठूलो हुरी चल्ने सम्भावना छैन । तर, देशका पूर्वी क्षेत्रमा भने हल्का हावा चल्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP