Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

प्रदेश २ को नामकरणका लागि यी चार नाम प्रस्ताव

धनुषा – प्रदेश २ को नामाकरणका लागि चार वटा नाम प्रदेश सभा बैठकमा प्रस्ताव पेस गरिएको छ । आज बिहीवार बसेको प्रदेश सभा बैठकमा ‘मधेश प्रदेश’, ‘जानकी प्रदेश’, ‘मध्य मधेश प्रदेश’ र ‘मिथिला भोजपुरा’ सहितको नाम पेस गरिएको हो ।

सत्तारुढ दल जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्रले प्रस्ताव गरेको मधेश प्रदेश नाममा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले पनि समर्थन गरेको छ ।

त्यस्तै अर्को सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट प्रदेशको नाम जानकी प्रदेश प्रस्ताव पेस गरिएको छ भने कांग्रेसले मिथिला भोजपुरा नामको प्रस्ताव पेस गरेको छ । त्यस्तै कांग्रेसकै प्रदेश सभा सदस्य राजेश्वरप्रसाद साहले मध्य मधेश प्रदेश प्रस्ताव पेस गर्नुभएको छ ।  

जसपाको तर्फबाट शैलेन्द्रकुमार यादव, माओवादी केन्द्रको तर्फबाट भरतप्रसाद साह, नेकपा एसको तर्फबाट प्रमोदकुमार यादव, नेपाली कांग्रेसको तर्फबाट शिवचन्द्र चौधरीले नामको प्रस्ताव पेस गरेका छन् । नेकपा एमालेको तर्फबाट प्रस्ताव गरिएको नामाकरणको प्रस्ताव भने आज पेस हुन सकेको छैन । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP