Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

सोलु करिडोर प्रसारण लाइनको निर्माणकार्य सकियो : एक महिनाभित्र सञ्चालनमा आउने

काठमाण्डाै – सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । प्रसारण लाइनको रुट सार्न माग गर्दै उदयपुरको कटारी नगरपालिका—४ मरुवामा झण्डै दुई वर्षदेखिको अवरोध हटेपछि टावर खडा गर्ने र तार टाँग्ने काम हिजो सकिएको हो । योसँगै आयोजनाको निर्माण सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

सिरहाको मिर्चैयादेखि उदयपुर, ओखलढुङ्गा हुँदै सोलुखुम्बुको तिङ्लासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर र टावरको सङ्ख्या ३०२ वटा रहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न समस्या झेल्दै रुग्ण बनेको प्रसारण लाइनको निर्माण सम्पन्न भएको र अब एक महिनाभित्रमा चार्ज गरी सञ्चालनमा ल्याइने बताउनुभयो ।

प्रसारण लाइन चार्ज भएपछि त्यस क्षेत्रमा निजी क्षेत्रका निर्माणाधीन आयोजनाको विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने छ भने विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने प्राधिकरणले जनाएको छ । साथै विद्युत् चुहावट पनि घट्नेछ । सोलुखुम्बुको  तिङ्लामा १३२/३३ र ३३/११ केभी सबस्टेसनको निर्माण सम्पन्न भइ चार्ज भइसकेको छ ।

यो सँगै सिरहाको लहानबाट विद्युत् लगेर त्यस क्षेत्रमा आपूर्ति हुँदै आएकोमा अब सोलु खोलामा उत्पादित विद्युत् स्थानीय रुपमा खपत गर्न प्रयोग गरिनेछ । सोलुखुम्बु र आसपासका क्षेत्रका जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युतलाई सोलुखुम्बु, ओखलढुङ्गा र उदयपुरमा वितरण गरी बाँकी रहेको राष्ट्रिय ग्रीडमा  जोड्न सोलु करिडोर प्रसारण लाइनको निर्माण भइरहेको  हो ।

सोलु करिडोर प्रसारण लाइन आयोजना निर्माणमा पनि समस्या र अवरोध भोग्नुपरेको आयोजना प्रमुख जनार्दन गौतमले बताउनुभयो । प्रसारण लाइन सञ्चालनमा आएपछि २३ दशमलव ५ मेगावाटको सोलु खोला जलविद्युत् आयोजना जोडिनेछ । यो प्रसारण लाइन बन्ने भएपछि प्राधिकरणले त्यस क्षेत्रका १२ जलविद्युत् आयोजनासँग ३२५ मेगावाटको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरेको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP