Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कोरोना देखिएकी युवतीसँगै सयभन्दा बढी यात्रु आएका थिए काठमाडौं, खुल्यो रहस्य !

काठमाडौं – राजधानी काठमाडौंमा कोरोना भाइरसको संक्रमण भेटिएकी १९ वर्षीया युवतीसँगै कतार एयरवेजको विमानबाट सय जनाभन्दा बढी यात्रु काठमाडौं आएको पत्ता लागेको छ ।

ती नेपाली युवती कतार एयरवेजको विमानबाट काठमाडौं आएको खुलासा भएसँगै सयभन्दा बढी यात्रु त्यो विमानमा रहेका पाइएको छ ।

नेपाल पर्यटन बोर्डले चैत ४ गते कतार एयरवेजबाट ती युवती नेपाल आएको पुष्टि गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार ती युवती काठमाडौं आएको दिन कतारबाट काठमाडौंका लागि ३ वटा उडान आएका थिए । ती जहाजमध्ये संक्रमित युवती कुन जहाजमा थिइन् भन्ने खुलेको छैन ।

चैत ४ गते कतार एयरवेका ३ जहाजमध्ये पहिलो जहाज क्यूआरर ६५२ जहाजमा २०५ यात्रु थिए, क्यूआर ६५० जहाजमा १०६ जना यात्रु थिए भने क्यूआर ६४४ जहाजमा १५३ यात्रु रहेका थिए । ती युवती यीमध्ये जुनसुकै विमानमा आएकी भएपनि सबै विमानमा सयभन्दा बढी यात्रु रहेका छन् ।

पर्यटन बोर्डले सार्वजनिक आह्वान गर्दै कतार एयरबाट काठमाडौं आएका सबै यात्रुलाई कडा क्वारेन्टाइनमा बस्न आह्वान गरेको छ ।

पर्यटन बोर्डले भनेको छ, ‘ चैत ४ गते (मार्च १७) कतार एरवेइजबाट नेपाल आएका एक जनामा कोरोना भेट्टिएको छ । त्यस फ्लाइटमा भएका सम्पूर्ण यात्रुहरू कडा आफैंलाई क्वारन्टाइन गर्नुहोस् र यदि तपाईंलाई रुघाखोकी वा ज्वरो आएमा जतिसक्दो चाँडो टेकू अस्पतालमा रिपोर्ट गर्नुहोस् ।’चैत्र ४ गते फ्रान्सबाट कतारको राजधानी दोहा हुँदै काठमाडौं आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलनमार्फत पुष्टि गरेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP