Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

८ जिल्लाका बालबालिकालाई भोलिदेखि लगाइने भनिएको फाइजर खोप अभियान स्थगित

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित ८ जिल्लाका बालबालिकालाई भोलिदेखि लगाइने भनिएको फाइजर खोप अभियान तत्कालका लागि स्थगित भएको छ । खोपका लागि आवश्यक पर्ने सिरिञ्ज अभाव भएका कारण अभियान स्थगित गरिएको खोप शाखाले जनाएको छ ।

खोप शाखाका प्रमुख सागर दाहालकाअनुसार सिरिञ्ज ल्याउने तयारी भइरहेकाले केही दिनमै खोप अभियान सुरु हुनेछ । यसअघि स्वास्थ्य मन्त्रालयले भोलिदेखि २२ गतेसम्म ८ जिल्लामा र बाँकी १२ जिल्लामा त्यसपछि खोप अभियान सञ्चालन हुने जनाएको थियो ।

यसअघि ५७ जिल्लामा सुरु भएको मोडर्ना खोप अभियान भने चलिरहेको छ । ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई गएको ४ गतेदेखि सुरु भएको खोप अभियान पर्सि १४ गतेसम्म चल्ने छ । काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा, सुर्खेत, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बाग्लुङ, रुपन्देही, बाँके, दाङ र कैलालीमा भने फाइजर खोप दिन लागिएको हो ।

यी जिल्लामा पनि बालबालिकालाई विद्यालयबाटै खोप दिने सरकारले जनाएको छ । मोडर्ना र फाइजर दुवै खोप बालबालिकाका लागि प्रभावकारी भएको र खोप उपलब्धताको आधारमा ५७ र २० जिल्ला छुट्याइएको सरकारको भनाइ छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP