Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

निर्मला हत्या प्रकरण : एक भारतीय पक्राउ, डिएनए परीक्षण गरिँदै

फाइल तस्वीर

धनगढी : कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा एक भारतीय पक्राउ परेका छन्।

प्रहरीले निर्मला प्रकरणमा केही समयअगाडि एक जना भारतीयलाई नियन्त्रणमा लिएको जनाएको छ। 

उक्त प्रकरणमा अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीले भने, ‘निर्मला मृत फेला परेको क्षेत्रको आसपासमै तरकारी खेती गर्दै आएका भारतीय नागरिकका छोरा पक्राउ परेका छन्। घटनाबारे केही खुल्छ कि भन्ने आशा छ।’

उनको पहिचान भने खुलाइएको छैन। साढे ३ वर्षसम्म पनि निर्मला पन्त प्रकरणमा प्रहरीले पर्दा उघार्न सकेको छैन।

निर्मलाका हत्यारा पत्ता लगाउन सडकदेखि सदनसम्म आवाज उठे पनि प्रहरीले दोषीलाई कानूनी दायरामा ल्याउन नसकेको हो।

निर्मला प्रकरणमा अहिले पनि अनुसन्धान जारी छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले निर्मला हत्या प्रकरणमा अनुसन्धान जारी रहेको बताएका छन्। 

कञ्चनपुरको भीमदत्त नगरपालिकाकीस्थित उल्टाखामकी १३ वर्षीया निर्मला ०७५ साउन १० गते साथीको घरबाट बेपत्ता भएकी थिइन्।

भोलिपल्ट घरभन्दा एक किलोमिटर टाढा उखुबारीमा उनको शव फेला परेको थियो। त्यसपछि निर्मलाको बलात्कारपछि हत्या भएको मेडिकल रिपोर्ट आएको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले घटनाको करिब एक महिनापछि स्थानीय दिलीपसिंह बिष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो।

स्थानीयले विष्ट दोषी नभएको भन्दै आन्दोलन गरे।

भेजिनल स्वाबमा भेटिएको डिएनएसँग ‘म्याच’ नभएपछि बिष्ट छुटे भने नक्कली व्यक्तिलाई उभ्याएर वास्तविक अपराधीलाई उम्काउन खोजेको आरोप प्रहरीले खेपेको थियो।

अपराध अनुसन्धानमा गम्भीर लापरवाही गरेको र प्रमाण नष्ट गरेको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख दिल्लीराज विष्टसहितका प्रहरी बर्खास्तसमेत भएका थिए।

निर्मलाको न्यायका लागि भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक युवकको समेत मृत्यु भएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP