Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

सन् २०२१ मा नेपाल भित्रिए डेढ लाख बाह्य पर्यटक

काठमाडौं : कोभिड-१९ महामारीको असहज परिस्थितिको अवस्थामा पनि मुलुकमा बाह्य पर्यटक आगमनमा झिनो सुधार भएको पाइएको छ। सन् २०२१ मा डेढ लाख बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन्।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार हवाई तथा भूमार्ग हुँदै एक लाख ५० हजार ९६२ जना पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२० को तुलनामा गत वर्ष नेपाल भित्रिने पर्यटकको संख्यामा २५ प्रतिशतले कमी आएको छ।

बोर्डका निर्देशक मणि लामिछानेले कोभिड महामारीकाबीच पर्यटक आगमनमा झिनो सुधार आएको बताए। उनले अघिल्लो वर्षको तुलनामा पर्यटक संख्या कम देखिनुमा उक्त वर्ष कोभिड–१९ पूर्व नै जनवरी र फेब्रुअरीमा उल्लेख्य संख्यामा बाह्य पर्यटक आएका थिए।

सन् २०२० मा दुई लाख ३० हजार बाह्य पर्यटकले नेपाल भ्रमण गरेका थिए। सन् २०१९ मा भने नेपाल भित्रिने बाह्य पर्यटकको संख्या ११ लाख ९७ हजार १९१ थियो। जुन १२.५ प्रतिशतले बढी हो।

नेपाल भित्रिएका पर्यटकमध्ये सबैभन्दा बढी भारतीय छन्। वर्षभरिमा ६४ हजार ६७३ भारतीय नागरिकले नेपाल भ्रमण गरेका थिए। भारतपछि अमेरिकाबाट २२ हजार ८५३ पर्यटक  नेपाल आएका थिए। संयुक्त अधिराज्य (बेलायत) बाट आठ हजार ६८० पर्यटक आएका थिए। छिमेक मुलुक चीनबाट ६ हजार १९६ तथा बंगलादेशबाट पाँच हजार ४४ पर्यटक नेपाल भ्रमणमा आएको बोर्डको विवरणमा उल्लेख छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP