Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

जाडो महिनामा छालामा सङ्क्रमणको जोखिम

चितवन – जाडो महिनामा विशेषगरी छालामा सङ्क्रमणको जोखिम धेरै हुने डाक्टरले बताएका छन् । छालामा पानीको मात्रा कमी हुँदा सुक्खा हुने चितवनको भरतपुर अस्पतालका छालारोग विशेषज्ञ डा. प्रशन्न नापेले बताउनुभयो ।

छालामा हुने सुक्खापनका कारण सोरायसिस, इथायसिसजस्ता रोग तथा सङ्क्रमणका कारण लुतोजस्ता रोग बढी देखिने गरेको छ । चिसोबाट हुने एलर्जीका कारण धेरैलाई हातका औँला, नाक तथा कानमा बढी समस्या हुन्छ । साथै प्रदूषण बढ्ने भएकाले पनि समस्या जटिल बन्न सक्छ ।

चिसोबाट हुने एलर्जीबाट दीर्घकालीन असर पर्ने भएकाले जोगिनुपर्ने उहाँको भनाइ छ । सकेसम्म हातमा पञ्जा लगाउने, खुट्टामा मोजासहित जुत्ताको प्रयोग गर्ने, छालालाई सुक्खा हुन नदिने तथा सङ्क्रमण भइहालेमा जथाभाबी औषधि प्रयोग नगरि विशेषज्ञलाई देखाउन उहाँको सुझाव छ ।

भरतपुर अस्पतालका वरिष्ठ छालारोग विशेषज्ञ डा. शशी हिराचनका अनुसार जाडोमा शरीरलाई चिल्लो पार्न नरिवलको तेल प्रयोग गर्न सकिन्छ । छालामा देखिने पुरानो दाद जस्तो रोगले गम्भीर असर पार्ने भएकाले बेलैमा सचेत बन्नुपर्नेमा उहाँको जोड छ । अरू बेलाभन्दा जाडोमा शरीरको प्रतिरोध क्षमता कमजोर हुन्छ ।

कम घाम लाग्ने र घाम लागे पनि नताप्ने गर्दा शरीरका लागि चाहिने भिटामिन ‘डी’ को पनि कमी हुने भएकाले विशेष ध्यान दिनुपर्ने डाक्टरको सुझाव छ । यो बेला विभिन्न प्रकारका सरुवा तथा नसर्ने रोगका सङ्क्रमण जोखिम धेरै हुन्छ । श्वासप्रश्वाससहित जण्डिस, एलर्जी, नाक बन्द हुनेसहितका दीर्घरोगी समेत बढ्ने गरेका छन् ।

चिसोमा सामान्यतया रुघाखोकी, निमोनिया जस्ता अरु पनि विभिन्न स्वास्थ्य समस्या देखिने भएकाले सावधानी अपनाउन डा.नापेको सुझाव छ । काठमाण्डौ उपत्यकासहित तराईमा चिसो ह्वात्तै बढेको छ । तराईमा हुस्सु र कुहिरोले जनजीवन थप प्रभावित बनेको छ ।

विशेषगरी वृद्धवृद्धा, बालबालिका, दीर्घरोगी, गर्भवती, सुत्केरी बढी प्रभावित भएका छन् । तातो र झोलिलो पदार्थ खाने, न्यानो लगाउने, घाम ताप्ने तथा व्यायाममा पनि ध्यान दिन सके चिसोका कारण हुने विभिन्न रोगबाट जोगिन सकिने डाक्टरको सल्लाह छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP