Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

सर्लाहीमा उखुबारीभित्र महिलाको शव फेला

सर्लाही : सर्लाहीको बरहथवा नगरपालिका–१० श्रीपुर कटानीमा आज (शुक्रबार) उखुबारीभित्र शंकास्पद अवस्थामा एक महिलाको शव फेला परेको छ। सो वडाका सुरत रामकी पत्नी अन्दाजी ३२ वर्षकी सावित्रीदेवी राम कटानीस्थित बरहथवा नगरपालिका–७ बस्ने रामछबिला साहको उखुबारीमा मृत फेला परेको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

उनले घटना शंकास्पद देखिएकाले अनुसन्धान अघि बढाइएको बताए। मृतक महिलाको शरीरका विभिन्न भाग जलेको अवस्थामा पाइएको प्रत्यक्षदर्शीले बताएका छन्।

यस्तै, मृतक महिलाको शरीरमा कुनै कपडासमेत नरहेको घटनास्थलमा पुगेका बरहथवा नगरपालिका वडा १० का कार्यवाहक अध्यक्ष रामदिनेश महतोले जानकारी दिए। मृतक महिलाको शव पोष्टमार्टमका लागि दिउँसो जिल्ला अस्पताल मलंगवा लगिएको छ।

आज बिहान उखुबारीभित्र महिलाको शव देखेपछि स्थानीयवासीले प्रहरीमा खबर गरेका थिए। परिवारका अनुसार मृतक महिला अंग्रेजी नयाँ वर्षको दिन (पुस १७ गते) शनिबारदेखि नै घरबाट बेपत्ता भएकी थिइन्। मृतक महिलाका पति सुरत राम हाल वैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहेको बुझिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP