Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ललित कला प्रज्ञा प्रतिष्ठानलाई आवश्यक पर्ने बजेट व्यवस्था गर्छु : मन्त्री आले

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानलाई आवश्यक पर्ने बजेट व्यवस्था गर्ने बताउनुभएको छ । 

प्रतिष्ठानले आज बिहीवार आयोजना गरेको चित्रकला प्रदर्शनी कार्यक्रममा बोल्नुहुँदै मन्त्री आलेले कला, संस्कृतिको जगेर्ना र कलाकारिताको विकास गर्नका लागि भए पनि प्रतिष्ठानलाई आवश्यक पर्ने बटेज व्यवस्था गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘देश चिनाउने भनेकै कलाकारिताले हो । कला, संस्कृतिको जगेर्ना गर्न र विकास गर्न चाहिने जति बजेट व्यवस्था गर्छु ।’

मन्त्री आलेले कला देशकाे गहना भएकाे र कलाकारहरूको हौसला बढाउन आफू सधैँ अग्रसर र प्रतिबद्ध रहने समेत बताउनुभयो । 

कार्यक्रममा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले बजेट अभावमा नेपालका कलाकारले आफ्नो प्रतिभा देखाउन नसकेको गुनासो गर्नुभयो । 

प्रतिष्ठानले कलाकारहरूले हातले बनाएर प्रदर्शनमा राखेका चित्रहरूको मन्त्री आलेले अवलोकनसमेत गर्नुभएको थियो । चित्रहरू निकै राम्रा र उपयोगी भएको भन्दै मन्त्री आलेले चित्रकारहरूको प्रशंसासमेत गर्नुभएको थियो । दुई  वटा चित्र उहाँले किनेर पनि लैजानुभएको थियो । 

कार्यक्रममा मन्त्री आलेलाई प्रतिष्ठानले आफ्नो वार्षिक बजेटका विषयमा जानकारीसहितको किताब हस्तान्तरण गरेको थियो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP