Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

एकै दिन २० हजार सङ्क्रमित हुन सक्ने आकलन, पालना भएन स्वास्थ्य मापदण्ड

काठमाण्डाै – नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ । दिनहुँ सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । तर, सङ्क्रमण रोकथामका लागि त्यसअनुसारको ध्यान भने दिइएको पाइएको छैन । केही दिनदेखि दैनिक ५/६ हजार जना नयाँ सङ्क्रमित थपिँदै छन् । यो सङ्ख्या अबको दुई हप्तासम्म अझै बढ्दै जाने विज्ञले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले सङ्क्रमण बढेर एकै दिन २० हजारसम्म पुग्न सक्ने अनुमान रहेको बताउनुभयो । यस्तै, सङ्क्रमतिमध्ये १० प्रतिशतलाई अस्पताल भर्ना गर्नु पर्ने अवस्था आउने पनि उहाँको अनुमान छ । सङ्क्रमण तीव्र गतिमा फैलिएर दैनिक २० हजार सक्रिय सङ्क्रमित थपिए ७ दिनमै १४ हजार बेड आवश्यकता पर्नसक्ने मन्त्रालयको प्रक्षेपण छ ।

‘सावधानी नअपनाए दैनिक २०–२२ हजारसम्म नयाँ सङ्क्रमित थपिन सक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण छ । यस्तै, स्वास्थ्यकर्मी पनि सङ्क्रमित हुने क्रम बढेकाले केही ठाउँमा स्वास्थ्यकर्मीकै अभाव समेत हुन थालेको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी बढिरहे पनि पालिका, स्वास्थ्य कार्यालय र प्रशासनले परीक्षण बढाउन ध्यान दिएका छैनन् ।

माघ दोस्रो हप्तासम्म कोरोना सङ्क्रमण उच्च बिन्दुमा पुग्ने सम्भावना रहेको विज्ञले बताएका छन् । अबको दुई हप्ता विशेष सावधानी अपनाउनु पर्ने जनस्वास्थ्यविद् डाक्टर बाबुराम मरासिनी बताउनुहुन्छ । कोरोना सङ्क्रमणको रोकथामका लागि मास्क अनिवार्य लगाउनु र भौतिक दूरी कायम गर्नु नै हो । यो सँगै बेला बेलामा साबुनपानीले मिचिमिची हात धुने  र स्यानिटाइजर लगाइरहन डाक्टर मरासिनीको सुझाव छ ।

मास्क नलगाउनेहरुलाई अहिले देखिएको कोरोनाको ओमिक्रोन भेरियन्टसँगै डेल्टा भेरियन्टको समेत सङ्क्रमण हुन सक्ने खतरा रहेकाले मास्क अनिवार्य लगाउन उहाँको सुझाव छ ।

यसैबीच, कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढे पनि पशुपतिनाथ मन्दिर, सार्वजनिक यातायात, बजारलगायत  ठाउँमा भिड भने घटेको छैन । यसले जोखिम झनै बढाएको छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड सार्वजनिक यातायातमा पनि पालना भएको छैन । यातायात व्यवस्था विभागलगायत सरोकार भएका निकायले मापदण्ड पालनामा कडाइ गर्न सकेका छैनन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP