Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

औषधि व्यवस्था विभागका पूर्वमहानिर्देशक ढकाललाई मन्त्रालय तानियाे

काठमाडौं : औषधि व्यवस्था विभागका पूर्वमहानिर्देशक नारायण ढकाललाई मन्त्रालय तानिएको छ। सरुवा भएको दुई सातासम्म पनि औषधि प्रयोगशालामा नगएका ढकाललाई अन्ततः मन्त्रालय तानिएको हो। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले महानिर्देशक ढकाललाई गत पुस २७ गते विभाग मातहतको औषधि प्रयोगशालामा सरुवा गरेका थिए।

स्वास्थ्यमन्त्री खतिवडाले औषधि प्रयोगशालाका निर्देशक भरत भट्टराईलाई औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी दिएका थिए। दुवै ११ औं तहका कर्मचारी हुन्।

ढकालले आफूभन्दा जुनिएरलाई विभागको महानिर्देशक बनाएपछि सोही मातहतको कार्यालयमा आफू नजाने भन्दै औषधि व्यवस्था विभागमै हाजिर गर्दै आएका थिए।

दुई सातासम्म पनि भनेको ठाउँमा जान नमानेपछि उनलाई मन्त्रालय तानिएको स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहाकार डा. रमेश ढकालले जनाकारी दिए।

‘उहाँलाई मन्त्रालय तानिएको छ, आजै पत्र पठाइएको छ तर मन्त्रालयमा कुन विभाग दिने भन्ने निर्णय भएको छैन’ ढकालले भने। पाँच महिना अघि विभागबाट राष्ट्रिय औषधि प्रयोगशालाको निर्देशक बनाइएका भट्टराई पुनः विभागमा फिर्ता भएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP