Trending
flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु

काठमाण्डौ उपत्यकाका १६ अस्पतालमा ८८ हजार ट्याब्लेट सिटामोल

काठमाण्डौ – काठमाण्डौ उपत्यकाका विभिन्न १६ वटा अस्पताललाई सरकारले ८८ हजार ट्याब्लेट सिटामोल वितरण गरेको छ । बिरामीको चाप बढी हुने ती अस्पतालहरुमा पाँच सय एमजीका पारा सिटामोलका ट्याब्लेट वितरण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, पाटन अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १०/१० हजारका दरले सिटामोल वितरण गरिएको छ । यस्तै राष्ट्रिय  ट्रमा सेन्टर र सशस्त्र प्रहरी बल अस्पताल बलम्बुलाई ६/६ हजार तथा निजामती अस्पताल नयाँबानेश्वर, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी, भक्तपुर अस्पताल र प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीलाई ५/५ हजार सिटामोल वितरण गरिएको छ ।

राष्ट्रिय आयुर्वेद तालिम तथा रिचर्स केन्द्र कीर्तिपुरलाई ३ हजार तथा गंगालाल हृदयरोग केन्द्र, भक्तपुर क्यान्सर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर र आयुर्वेद अस्पताल नरदेवीलाई २/२ हजारका दरले सिटामोल वितरण गरिएको छ । बजारमा अझै पनि अभाव भएपछि सरकारले काठमाण्डौका ठूला अस्पताललाई सिटामोल वितरण गरेको हो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP