Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

७० औं अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइँदै

काठमाडौं  : आज ७० औं अन्तर्राष्ट्रिय भन्सार दिवस, नेपालमा पनि मनाइँदैछ।  अर्थमन्त्रालय अन्तरगत रहेको भन्सार विभागले दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दैछ। विभागको कार्यालयमा २५ जनाको सहभागिता तथा भर्चुअल रुपमा कार्यक्रम गरिने विभागका निर्देशक पुन्यबिक्रम खड्काले जानकारी दिए। 

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले एकद्वार प्रणालीको भन्सार इ-पेमेन्ट शुरुवात गर्नेछन्।  विश्व भन्सार संगठनको आह्वानमा हरेक वर्ष जनवरी २६ तारिखका दिन यो दिवस मनाउने गरिन्छ। विश्वब्यापी रुपमा कोरोना संक्रमणको जोखिमका कारण आयात निर्यातमा पनि जोखिम रहेकाले यस वर्षको भन्सार  दिवस दिवसभर नै भन्सारलाई डिजिटल रुपान्तरण गर्नेमा जोड दिदै मनाइँदैछ। 

दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले विद्युतिय भुक्तानी प्रणालीको दिगोपन कायम गरी भन्सार प्रशासनको आधुनिकीकरण, विकास र प्रविधियुक्त कार्य प्रणालीले व्यापार लागत घटाउन र सहजीकरण तथा राजश्व चुहावट नियन्त्रण सफलता मिल्ने विश्वास ब्यक्त गरे। 

यस्तै भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले नेपालको भन्सार पनि डिजीटल हुदै गएको र यसलाई अझ व्यवस्थित गर्ने प्रतिबद्धता ब्यक्त गरे। उनले चालु आर्थिक वर्षको प्रारम्भदेखि नै भन्सार सुधार तथा आधुनिकरण योजना लागु भइसकेको जनाउँदै भन्सार प्रशासनलाई थप स्वचालित बनाउन सबै भन्सार कार्यालयहरूमा आजबाटै इ–पेमेन्ट शुरु गरिने जानकारी दिए। 

हाल नेपालमा भन्सार विभाग अन्तरगत ३८ वटा मुल भन्सार कार्यालयहरु, भन्सार जाँचपास परिक्षण कार्यालय र मुल भन्सार कार्यालय अन्तरगत १ सय ३३ वटा छोटी भन्सार कार्यालयहरु छन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP