Trending
flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे

सार्वजनिक गाडीमा भिडभाड घटेन : जोर-बिजोर प्रणालीबारे थप छलफल गर्ने तयारी

काठमाण्डाै – कोरोना सङ्क्रमण बढेपछि काठमाण्डौ उपत्यकामा सार्वजनिक र निजी गाडीमा जोर-बिजोर प्रणाली लागू भएको एक हप्ता पुगेको छ ।

जोर-बिजोर लागू भएपछि दैनिक गुड्ने गाडीको सङ्ख्या आधाले घटेको छ । तर चलेका गाडीमा भिडभाड बढेको छ । विशेषगरी कार्यालय जाने र आउने समयमा चाप बढ्ने गरेको छ । सरकारको निर्णय अव्यावहारिक भएको भन्दै यात्रु र यातायात व्यवसायीले आलोचना गर्दै आएका छन् ।

सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी भिडभाड कम गर्न अनुरोध गरे पनि यात्रु भने कोचाकोच गरी यात्रा गर्न बाध्य छन् । सिटको क्षमताभन्दा धेरै चढाउने र नियम उल्लङ्घन गर्ने गाडी दैनिक रुपमा कारबाहीमा परेका छन् ।

हिजो मात्रै काठमाण्डौ उपत्यकामा जोर-बिजोर नियम उल्लङ्घन गर्ने ६ सय ८८ गाडी कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । दुई पाङ्ग्रे ६ सय ९ र चार पाङ्ग्रे ७९ गाडी कारबाहीमा परेका हुन् ।

गृह मन्त्रालयले जोर-बिजोर प्रणाली लागू गर्दा भिडभाड बढेको नागरिकको गुनासो आउन थालेको जनाएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलले सङ्क्रमण रोकथामका लागि जोर-बिजोर लागू गरिएको तर भिडभाड र चहलपहल अपेक्षा अनुसार नरोकिएको बताउनुभयो ।

केही दिनमा निर्णय परिमार्जन हुनसक्ने पनि उहाँले बताउनुभयो । जोर-बिजोर  प्रणाली हटाउनबारे काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी तयार देखिए पनि गृह मन्त्रालयले निर्णय गरिसकेको छैन ।

ललितपुरका प्रमख जिल्ला अधिकारी घनश्याम उपाध्यायले अन्य क्षेत्रलाई खुला गरेर यातायातमा मात्रै कडाइ गर्दा भिड भएको गुनासो आइरहेको बताउनुभयो । यसबारे थप छलफलको तयारी भइरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP