Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

ओलीमाथि काेराेना फैलाएकाे आराेप, कारबाहीको माग गर्दै प्रशासनमा निवेदन

भक्तपुर : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा निवेदन परेको छ।

आफू कोभिड संक्रमित हुँदाहुँदै नेकपा एमालेको भातृ संगठन युवा संघले बालकोटमा आयोजित रक्तदान कार्यक्रममा सहभागी भएर ओलीले संक्रामक रोग ऐन २०२०  विपरित कार्य गरेको भन्दै अभिजित अधिकारी र वीरेन्द्र मडैले निवेदन दिएका हुन्।

‘आफू कोरोना संक्रमित भएको जानीजानी सार्वजनिक स्थलमा गई अन्य व्यक्तिहरुसँग सम्पर्कमा आएर कोरोना फैलाउने कार्य गरेकोले उहाँलाई संक्रामक रोग ऐन, २०२० अनुसार आवश्यक कारबाही गरी पाऊँ,’ निवेदनमा उल्लेख गरिएको छ।

निवेदनमा ओलीले कार्यक्रममा सहभागी भइ भाषण गरेको र सो को विभिन्न सञ्चारमाध्यमहरुमा समाचार प्रकाशन भएको भन्दै प्रमाणको रुपमा ती समाचार सामग्री र तस्बीरसमेत पेस गरिएको छ।

निवेदनमा भनिएको छ,‘ओलीको उक्त उपस्थिती र भाषणले समाजमा कोरोना संक्रमण फैलाउनुमा साथसाथै आम जनमानसमा कोरोना कहर सामान्य रुघाखोकी मात्र भएको भ्रमित अवस्था सिर्जना गर्न सक्ने भएकाले आवश्यक कारबाही नभएमा अरु कोरोना संक्रमितहरूले समेत कुनै मापदण्ड पालना नगरी आफूलाई आइसोलेट नगरी समाजमा अझ संक्रमण बढाउन सक्ने देखिन्छ।’

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निवेदन परेको भन्ने जानकारी आएपनि आफू दिनभर कार्यालय बाहिर रहेकोले विस्तृतरुपमा बुझ्न बाँकी रहेको बताइन्।

ओलीलाई माघ ९ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो। कोरोना संक्रमित ओली गत माघ १२ गते बालकोट चोकमा आयोजित रक्तदान कार्यक्रममा सहभागी भएर संवोधन समेत गरेका थिए। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP