Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया सुरु

काठमाडौं-कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रक्रिया शुरु गरेको छ ।

मन्त्रालयका अनुसार सरकारले अघिल्लो आर्थिक वर्षमै तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि प्रक्रिया अगाडि बढाउने घोषणा गरेको थियो । सोही घोषणाा अनुसार प्रक्रिया थालिएको मन्त्रालयले जनाएको छ । सो क्रममा चार किल्ला तोकेर नक्सार तयार पारिएको छ । यस क्षेत्रलाई सरकारले ‘संरक्षित स्मारक क्षेत्र’ घोषणा गर्नेछ । सो क्षेत्रको सिमांकन समेत सम्पन्न भई स्वीकृतिका लागि मन्त्रिपरिषद् पठाउने तयारी भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

सरकारले अघिल्लो आवमै कपिलवस्तुको तिलौराकोटसहित धनुषाको रामजानकी मन्दिर र नवलपरासीको रामग्रामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अगाडि बढाउने घोषणा गरेको थियो ।

विश्व सम्पदा सूचीमा राख्ने निकाय भने संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को) हो । युनेस्को अन्तर्गत रहने हेरिटेज कमिटीले सम्पदाबारे हरेक वर्ष नयाँ थप गर्ने, खतराको सूचीमा राख्ने र खतराको सूचीबाट हटाउने निर्णय गर्छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP