Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

बागमती सरकारले प्रदेशमा तीन मल कारखाना स्थापना गर्ने

हेटौंडा : बागमती प्रदेश सरकारले प्रदेशमा ३ वटा मल कारखाना स्थापना गर्ने भएको छ। प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा मध्यम वर्गका ३ वटा मल उत्पादन कारखाना स्थापना गर्न विदेशी कम्पनीसँग छलफल अघि बढाउने निर्णय गरेको हो।

केही समयअघि प्रदेशको राजधानी हेटौंडास्थित औद्योगिक क्षेत्र र चितवनको औद्योगिक क्षेत्रमा जग्गा खोजीसमेत गरेको थाइल्याण्डको निजी कम्पनीसँग प्रक्रिया अघि बढाउने निर्णय सरकारले गरेको छ।

प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालले भने, ‘सधैँ मलको हाहाकार हुने गरेको छ। मलकै कारण सरकार बदनाम हुँदै आएको छ। त्यसैले प्रदेशमा सरकारले मल उत्पादन कारखाना स्थापना गर्न आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।’

सो थाई कम्पनीले प्रदेश सरकारसँग नियमित रुपमा २ सय मेगावाट बिजुली उपलब्ध गराउनुपर्ने शर्त राखेको उनले बताए।

‘उनीहरूको एउटा मात्रै माग बिजुलीको छ’, उनले भने, ‘नेपालमा उत्पादन भएको विद्युत खपत नभइरहेको अवस्थामा हामीले विद्युत प्राधिकरणसँग सल्लाह गरेर मध्यम वर्गका ३ वटा मल उत्पादन कारखाना स्थापनाको पहल गर्ने निर्णय गरेका छौँ।’

मन्त्री खनालले मल कारखाना कहाँ कसरी स्थापना गर्ने भन्ने विषयमा प्रदेश सरकारले विज्ञको टोलीसँग छलफल गर्ने पनि बताए।

यसैगरि यसअघि नै प्रदेश सरकारले निर्माण गर्ने भनेको ३ वटा सुरुङमार्गबारे पनि विज्ञसँग छलफल गरेर आवश्यक प्रक्रिया अघि बढाउने निर्णय भएको उनले जानकारी दिए। 

करिब ४ घण्टा बसेको मन्त्रिपरिषद् बैठकले माघ १९ गते परेको सोनाम ल्होसारमा प्रदेशको सबै जिल्लामा बिदा दिने निर्णय गरेको छ।

मकवानपुर,चितवन र धादिङमा चेपाङ समुदायको विशेष पर्व न्वागीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

मन्त्री खनालले हरेक वर्ष प्रदेश सरकारले ल्होसार र न्वागीमा बिदा दिनेसमेत जानकारी दिए।

बैठकले प्रदेश सरकारको सम्पूर्ण दस्तावेज सुरक्षित राख्न प्रदेश किताबखाना स्थापना गर्ने निर्णय पनि गरेको छ।

बहुवर्षीय योजना ठेक्का सम्झौता गर्न निश्चित मापदण्ड निर्माण गर्ने निर्णय पनि बैठकले गरेको छ।

मन्त्री खनालका अनुसार यसअघि पहुँचको आधारमा ठेक्का सम्झौता हुँदा योजना सम्पन्न हुने सुनिश्चितता नभएकोले प्रदेश सरकारले नियमावली बनाएर मापदण्ड निर्माण गर्न लागेको बताए।

यसअघिको प्रदेश सरकारको निर्णयअनुसार दलित, अल्पसंख्यक र लोपोन्मुख छात्रालाई प्राविधिक शिक्षा पढाएर रोजगारी दिने र छोरीलाई स्नातकोत्तरसम्म पढाउने कार्यविधि बैठकले पारित गरेको छ।

अब ती निर्णय कार्यान्वयनमा जानेछन्।

प्रदेश सरकारले सवारीचालक अनुमतिपत्र वितरणमा भइरहेको ढिलाइ सहज बनाउन पनि विभिन्न योजना अघि सारेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP