Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

नेपालमा कोरोना सङ्क्रमित घट्दै जाँदा ज्यान गुमाउनेको सङ्ख्या बढ्दै

काठमाण्डाै – नेपालमा केही दिनयता काेभिड–१९ (कोरोना भाइरस) का नयाँ सङ्क्रमितको सङ्ख्या घट्दै गए पनि ज्यान गुमाउनेको सङ्ख्या भने बढ्दै गएको छ । 

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १४ जनाले ज्यान गुमाएका छन् । तीन हजार एक सय ७५ जना नयाँ सङ्क्रमित थपिएकामा १४ जनाले ज्यान गुमाएका हुन् । गएको बिहीवार पनि एकै दिन १५ जनाले ज्यान गुमाएका थिए । तर त्यो दिन कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आजभन्दा झन्डै तीन गुणा बढी थियो । त्यसपछि एक हप्ताको तुलनामा कोरोनाका नयाँ थपिनेको तुलनामा ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको छ ।  

गएको १४ गते शुक्रवार ६ हजार आठ सय २७ जनामा सङ्क्रमण पुष्टि भएकोमा १० जनाको ज्यान गएको थियो । यस्तै शनिवार चार हजार नौ सय चार जनामा सङ्क्रमण पुष्टि भएकोमा ६ जनाको ज्यान गएको थियो । आइतवार तीन हजार पाँच सय ४० जनामा सङ्क्रमण पुष्टि भएकोमा ३२ जनाको ज्यान गएको विवरण प्राप्त भएको थियो । यस्तै १७ गते साेमवार पाँच हजार दुई सय ९२ जना सङ्क्रमित थपिएकामा आठ जनाको ज्यान गएको थियो । अस्ति मङ्गलवार १८ गते पाँच हजार पाँच सय ८३ जनामा सङ्क्रमण पुष्टि भएकाेमा नौ जनाको ज्यान गएको थियो । 

केही दिनयता थपिएका सङ्क्रमितको तुलनामा ज्यान गुमाउनेको सङ्ख्या बढ्नुको कारण सङ्क्रमितमा जटिलता हुने क्रम बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारी बताउनुहुन्छ । अहिलेका कोेरोना सङ्क्रमित केही दिनमै निको हुने भएकाले सङ्क्रमण घटेका र जटिलता अलि लामो समय रहने भएकाले अहिले ज्यान गुमाउनेको सङ्ख्या बढेको उहाँले बताउनुभयो ।

यस अगाडिका दुई वटा महामारीमा पनि ज्यान गुमाउनेको सङ्ख्या सङ्क्रमितको सङ्ख्या उच्च विन्दुमा पुगेर घट्न थालेपछि देखिएको उहाँले बताउनुभयो । अब बिस्तारै केही दिनमा ज्यान गुमाउनेको सङ्ख्या पनि घट्दै जाने अनुमान गरिएको डा. अधिकारीले बताउनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP