Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

आज विश्व क्यान्सर दिवस

काठमाडौं : आज विश्व क्यान्सर दिवस। ‘क्लोजिङ द ग्याप इन क्यान्सर केयर’ अर्थात् ‘क्यान्सरको उपचारको पहुँचको दुरीलाई बन्द गरौं’ भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदै छ।

हरेक वर्ष फेब्रुअरी ४ मा विश्व क्यान्सर दिवस मनाउने गरिन्छ।  क्यान्सर रोगको निवारणका लागि सरोकारवाला संस्थाले चेतनामूलक कार्यक्रम गरेर क्यान्सरविरुद्धको दिवस मनाउन लागेका हुन्।

नेपालमा बर्सेनि क्यान्सरका बिरामीको संख्या बढिरहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ। खानपानमा ध्यान पुर्‍याए मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ।  वातावरण र खानपानमा उचित ध्यान नदिँदा क्यान्सर रोगका विरामी बढ्दै गएका चिकित्सकको भनाइ छ। 

त्यस्तै सुर्तीजन्य वस्तुको सेवन गर्नेको संख्या बढ्दै गएकाले पनि क्यान्सरको जोखिम बढ्दै गएको बताइएको छ। नेपालमा बर्सेनि १५ हजार भन्दा धेरै मानिसको क्यान्सर रोगका कारणले मृत्यु हुने गरेको तथ्यांक छ। 

फोक्सोमा क्यान्सर हुने प्रमुख कारण धुम्रपान रहेको चिकित्सकले बताएका छन्। वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. मदन पियाका अनुसार झन्डै ९० प्रतिशतलाई धुम्रपानका कारण क्यान्सर हुने गर्दछ।

धुम्रपानपछि वंशाणुगत कारणले फोक्सोको क्यान्सर हुने गरेको डा. पियाको भनाई छ। विभिन्न अंगमा हुने क्यान्सरमध्ये बढी मानिसमा फोक्सोका क्यान्सर हुने गरेको छ। विश्वमै फोक्सोको क्यान्सरबाट वर्षेनी लाखौँ मानिसको मृत्यु हुने गरेको तथ्यांक छ।

सैबीच नेपाल अर्बुद रोग निवारण संस्थाले विश्व क्यान्सर दिवसको अवसरमा सोमबार विभिन्न कार्यक्रम गर्दैछ।  धुम्रपान र मद्यपान नगरे तथा भुटेको, तारेको र चिल्लो खानेकुरा नखाई दैनिक व्यायाम गरे क्यान्सरको जोखिम कम हुने चिकित्सकले सुझाव दिएका छन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP