Trending
flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ

सुरक्षाकाे भरपर्दाे व्यवस्था गर्न प्रधानमन्त्रीकाे निर्देशन

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षाको भरपर्दो व्यवस्था गर्न रक्षा मन्त्रालय र मातहतका सबै निकायलाई निर्देशन दिनुभएको छ । रक्षा मन्त्रालयको कार्यभारसमेत सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले सुरक्षा सुशासन र विकासको पूर्वसर्त भएको उल्लेख गर्दै त्यसको भरपर्दो व्यवस्था गर्न सम्बन्धित सबै मन्त्रालय र निकायलाई निर्देशन दिनुभएको हो ।

आज शुक्रवार सिंहदरबारमा रक्षा मन्त्रालयको दोस्रो चौमासिक समीक्षा बैठकमा बोल्दै उहाँले विकास, निर्माणको कामलाई सहज ढङ्गले अघि बढाउन पनि सुरक्षाजस्तो संवेदनशील विषयलाई उच्च प्राथमिकता दिनुपर्ने स्पष्ट पार्नुभयो । त्यस अवसरमा प्रधानमन्त्री देउवाले चालु आर्थिक वर्षको कार्यक्रम समयमै सम्पन्न गराउन पनि आफ्नो मन्त्रालयलाई सचेत गराउनुभएको रक्षा सचिव किरणराज शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूले रक्षा मन्त्रालय देशकाे सुरक्षा तथा प्रतिरक्षाजस्तो महत्त्वपूर्ण र संवेदनशील जिम्मेवारी बोकेको मन्त्रालय हो । सुरक्षा, सशासन र विकासको पूर्वसर्त हो । भरपर्दो सुरक्षा प्रबन्ध नभइ देशमा एकातिर विकास, निर्माणका कामहरूलाई सहज रूपमा अघि बढाउन सकिन्न भने अर्कोतर्फ यसले पार्ने असरहरूलाई पनि हेर्नुपर्ने हुन्छ भनेर प्रधानमन्त्रीज्यूले यसलाई सम्बन्धित मन्त्रालय, निकायहरूले उच्च प्राथमिकतामा राख्न निर्देशन दिनुभएको छ । कैयौँ संवेदनशील विषयहरूमा समेत प्रधानमन्त्रीज्यूले निर्देशन जारी गर्नुभएको छ । त्यसलाई हामीले शतप्रतिशत रूपमा कार्यान्वयन गरेर चालु खर्चलाई सीमामा राख्ने, पुँजीगत खर्चलाई वृद्धि गर्ने र समयमै आयोजनाहरू सम्पन्न गर्ने र सबै कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर समयमै सम्पन्न गर्ने हामीले यथेष्ट लक्ष्य राखेका छौँ । यसमा सबैको सहयोग, समन्वय र सहजीकरण भइराखेको छ ।’

त्यस अवसरमा नेपाली सेनाको सबलीकरण, आधुनिकीकरण, सैनिक विश्वविद्यालयको स्थापनालगायतका विषयमा पनि छलफल गरिएको रक्षा मन्त्रालयले जनाएको छ । रक्षा सचिव शर्माले बैठकमा आएका महत्त्वपूर्ण निर्देशन तथा सुझावलाई आत्मसात् गर्दै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP