Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

आइतबारदेखि कुर्था-जयनगर रेल कुदाइँदै

जनकपुरधाम : आइतबारदेखि धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म ड्राइ रन (खाली) सञ्चालन गरिने भएको छ। 

फागुन १ गतेदेखि दैनिक एकपटक कुर्थादेखि जयनगर र जयनगरदेखि कुर्थासम्म ड्राइ रन रेल सञ्चालन गरिने नेपाल रेलवे कम्पनीका महानिर्देशक निरञ्जन झाले बताए।

निर्देशक झाका अनुसार  सञ्चालनमा आइसकेपछि अवरोध नहोस् भन्ने उद्देश्यले परीक्षणका लागि ड्राइ रन (खाली) रेल चलाइने जानकारी दिए।

‘रेल सञ्चालन भए पनि त्यसमा यात्रु बोकिँदैन। नेपाल रेल्वे  खाली रेल चलाएर इन्जिन, बोगी, लिक, ट्रयाक, लाइट, संकेतलगायतको परीक्षण हुन्छ’, झाले भने।

यो क्रममा त्रुटि फेला परे मर्मत सम्भार गर्ने योजना रहेको  कम्पनीका महाप्रबन्धक झाले बताए।

ड्राइ रनका लागि रेलको लिंक वरपर अतिक्रमण गरी लगाएको हाटबजारको व्यवस्थापन, टहरा छाप्रो हटाउने, एलसी गेट (लेभल क्रसिङ) द्वार, स्टेशन, हल्ट सेन्टरसहित अन्य भौतिक संरचना तथा प्राविधिक मर्मत  भइसकेको महाप्रबन्धक झाले जानकारी दिए।

कुर्था–जयनगरसम्म ३५ किलोमिटरसम्म चल्ने रेलमार्गका २२ स्थानमा आधिकारिक एलसी गेट र १७ स्थानमा अनाधिकारिक एलसी गेट रहेको  जानकारी दिँदै अनाधिकारिक गेटको व्यवस्थापन  गरिने बताए।

कुर्था–जयनगरसम्म पाँचवटा स्टेशन र तीनवटा हल्ट सेन्टर रहेका छन्। 

झाले थाहाखबरसँग कुरा गर्दै भने, ‘तत्काल भारतको केएलसी  कम्पनीबाट २६ जना र नेपालको ज्यालादारीमा ५९ जना कर्मचारी मिलेर  नेपाल र भारतका प्राविधिकहरू मिलेर रेल सञ्चालनमा ल्याइनेछ।’

२०७७ असोज २ गते भारतीय कम्पनी कर्पोरेशनबाट ८४ करोड ६५ लाख रुपैयाँमा किनेको दुई सेट रेल तामझामका धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा त्रिपाल ओढाएर राखिएको छ।

परीक्षण सञ्चालनलगत्तै फागुन महिनाको दोस्रो साताभित्रै रेल सेवाको प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा भर्चुअल उद्घाटन गर्ने तयारी भइरहेको महाप्रबन्धक झाले बताए।

नेपाल रेल्वे कम्पनीमा महाप्रबन्धक झाले कुरा गर्दै भने, ‘रेल चलाउन अब कुनै समस्या नरहेको र केवल उद्घाटन हुन मात्र बाँकी  छ।’

सुरुको पहिलो १० दिनसम्म एकपटक आउने र जाने गरी रेल सञ्चालन गरिने झाले बताए।

त्यसपछि यात्रुको चाप र आवश्यकता हेरी दैनिक दुई–तीन पटकसम्म रेल सञ्चालन गर्न सकिन्छ। जयनगरबाट कुर्थासम्म सामान्य सिटमा प्रतियात्रु ७० र एसी सिटमा तीन सय  रुपियाँ भाडा निर्धारण गरिएको  झाले बताए।

यता लामो समयको आशामा बसेका मधेश प्रदेशका बासिन्दा रेल सेवा सञ्चालन हुने भएपछि हर्षित भएका छन्। 

झाले थाहाखबरसँग कुरा गर्दै भने, ‘गत वर्ष नै मन्त्रिपरिषद्ले रेलवे कम्पनीलाई ४५ करोड रुपैयाँ दिने निर्णय गरे पनि अहिले मन्त्रालयले २१ करोड रुपैयाँ दिने प्रतिबद्धता व्यक्त गरेको छ।’

रेल सेवा एक वर्षसम्म सञ्चालनको जिम्मा पाएको भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेशन लिमिटेडलाई नेपालले करिब ३५ करोड रुपैयाँ तिर्नुपर्नेछ।

अहिले स्रोत सुनिश्चित रकममध्ये केही उक्त कम्पनीलाई भुक्तानी गरेर तत्काल काम अगाडि बढाइने स्पष्ट गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP