Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

यसपालिको हिउँदमा सरदर भन्दा बढी वर्षा

यसपालिको हिउँदयाममा सरदर भन्दा बढी वर्षा भएको छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार हिउँदमा ६० दशमलव ९ मिलिमिटरसम्म वर्षा हुनुलाई औसत मानिन्छ । यसपालिको हिउँदमा अहिलेसम्म ६५ दशमलव ७ मिलिमिटर वर्षा भइसकेको छ ।

हिउँदयाम सकिन अझै १३ दिन बाँकी रहेकाले यसबीचमा पनि वर्षा हुनसक्ने अनुमान मौसमविद्को छ। नेपालमा डिसेम्बरदेखि फेब्रुअरी अर्थात मंसिर १५ गतेदेखि फागुन १६ गतेसम्मको अवधिलाई हिउँदयाम भनिन्छ । पोहोरको हिउँदयाममा १५ दशमलव ४ मिलिमिटर मात्रै वर्षा भएको थियो । पोहोर सुक्खा र खडेरी थियो ।

मौसमविद्काअनुसार नेपालमा विगत कयौँ वर्ष हिउँदमा राम्ररी पानी पर्न सकेको थिएन । २०६२ सालको हिउँदमा निकै कम जम्मा ७ दशमलव १ मिलिमिटर पानी परेको सरकारी तथ्याङ्क छ । तथ्याङ्क अनुसार सन् २००७ यता पाँचवटा वर्षका हिउँदमा मात्र नेपालमा सरदरभन्दा धेरै वर्षा भएको छ ।

विगत ३० वर्षमा भएको हिउँदे वर्षाको औसतलाई आधार मानेर हरेक वर्ष जाडोयाममा हुने वर्षालाई तुलना गरिन्छ । यसपालि औसतभन्दा बढी नै वर्षा भएकाले पानीका स्रोत पुनर्भरणसँगै कृषिलाई पनि फाइदा पुग्ने देखिन्छ ।

मौसमविद् राजु प्रधानाङ्गकाअनुसार आज पनि पश्चमी पहाडी जिल्लामा हल्का वर्षा र हिमपातको सम्भावना छ । दिउँसो पछि यी क्षेत्रमा हल्का वर्षा र हिमपात हुनेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP