Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

जटिल किसिमका दीर्घ रोगीलाई लुम्बिनी प्रदेश सरकारको दुई लाख सहयोग

बुटवल : लुम्बिनी प्रदेश सरकारले जटिल किसिमका दीर्घ रोग लागेका गरिब तथा असाहयहरूको उपचारमा करिब दुई लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

आर्थिक अवस्था कमजोर भएका गरिब‚ मजदुर र किसानलाई मुटुको भल्ब फेर्ने, मिर्गौला प्रत्यारोपण र क्यान्सर बिरामीलाई प्रदेश सरकारले सहयोग गर्ने भएको हो। सरकारको निर्णयलाई कार्यान्वयन गर्न गत आइतबार लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद गिरी र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका कार्यकारी प्रमुख डा. कृष्णप्रसाद आचार्यबीच कार्यान्वयन पत्रमा हस्ताक्षर भएको छ।

नारायणी पश्चिमको एक मात्र क्यान्सर अस्पताल सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई सूचिकृत गर्दै लुम्बिनी प्रदेशमा सरकारले निर्णय कार्यान्वयन प्रक्रिया अगाडि बढाएको हो। निर्देशक गिरीले नेपाल सरकारका ८४ अस्पतालमा उक्त सेवा उपलब्ध गराउने गरि प्रक्रिया अगाडि बढेको बताए।

यसअघि संघीय सरकारबाट क्यान्सरका बिरामीलाई १ लाख रुपैयाँ सहयोग गर्दै आएको र प्रदेश सरकारबाट थप २ लाख रुपैयाँ सहयोग गरिने निर्देशक गिरीले बताए। अस्पतालका कार्यकारी प्रमुख डा. आचार्यले प्रदेश सरकारको आर्थिक उपचार सहयोगबाट महँगोमा उपचार गर्न बाध्य गरिब‚ किसान तथा बिरामीलाई ठूलो राहत पुग्ने बताए।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि एक मात्र क्यान्सर अस्पतालले उक्त सहगोग रकम दिन सुरु गरिएको उनले बताए। १०० शय्याको अस्पतालमा क्यान्सरको स्क्यानिङ, किमोथेरापी तथा जनरल शल्यक्रिया हुँदै आएको छ। आगामी वर्षबाट भने रेडियो थेरापीसहितको सम्पूर्ण क्यान्सरको उपचार हुने डा. आचार्यले बताए ।

उपचार प्राप्त गर्नका लागि त्यस्ता बिरामीले वडा कार्यालयको सिफारिस प्रदेश निर्देशनालयबाट स्वीकृत गराउनुपर्ने कार्यविधिमा उल्लेख छ। सरकारले जटिल प्रकृतिका बिरामीहरुलाई २ लाख सम्म उपचार खर्च दिने निर्णय गरे पनि सो सुविधा लिने प्रक्रिया भने झन्झटिलो रहेको सेवाग्रहीले गुनासो गरेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP