Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

पत्रकारहरूको निःशुल्क उपचार गर्ने नीति कार्यान्वयन गर्न सरकारलाई महासंघको ध्यानाकर्षण

काठमाडौँ — नेपाल पत्रकार महासंघले पत्रकारहरूको निःशुल्क उपचार गर्ने नीति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टसहितको टोलीले बिहीबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर ध्यानाकर्षण गराएको हो । सरकारले बजेट भाषण मार्फत पत्रकारहरुको निःशुल्क उपचार गर्ने बताएको थियो ।

त्यस्तै, सरकारले आर्थिक वर्ष २०७८/०८९ को बजेटमार्फत महासंघ र सञ्चार क्षेत्रलाई विनियोजित बजेटको कार्यान्वयनमा ल्याउन, पत्रकारलाई निःशुल्क उपचारको व्यवस्था गर्न, कोरोनाले मिडियामा पारेको प्रभाव न्यूनिकरणका लागि प्रभावकारी कदम चाल्न र कोभिड प्रभावित पत्रकारका लागि लेखनवृत्तिको व्यवस्था गर्न मन्त्री शर्मासमक्ष आग्रह गरेको महासचिव रोशन पुरीले जानकारी दिए ।

महासंघले कोभिडका कारण सहुलियतपूर्ण ऋण लिने सञ्चारमाध्यमको अनुगमन गर्न र श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारमाध्यमलाई सहुलियतपूर्ण कर्जा प्रवाह नगर्नसमेत आग्रह गरेको छ । साथै, महासंघको निर्माणाधीन भवनको लागि बजेट व्यवस्था गर्न पनि आग्रह गरेको छ ।

जवाफमा मन्त्री शर्माले महासंघले उठाएका विषयवस्तुलाई सकारात्मक रूपमा लिँदै त्यसको कार्यान्वयनमा सरकारको तर्फबाट कुनै कसर नराखिने प्रतिवद्धता व्यक्त गरे । उनले तत्कालका लागि पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिने समेत बताए । मन्त्री शर्माले अनलाइनलाई तत्काल वर्गीकरण प्रक्रियामा लैजान बजेट छुट्याइएको समेत जानकारी दिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP